गणतन्त्र स्थापना गर्ने दिशामा अवरोध आए अर्को व्रि्रोह हुनसक्छ
शक्ति लम्साल
संविधानसभा निर्वाचनको मिति घोषणा भएको छ, तर यो घोषणाले चुनावी उत्साह ल्याउन सकेको छैन, यसलाई यहाँले कसरी लिनुभएको छ ?
पहिले पनि संविधानसभाको निर्वाचन जेठ मसान्तभित्र गर्ने भनिएको थियो, तर त्यसको कार्यतालिकालगायत आवश्यक तयारी भएको थिएन । जनताको चाहना, आकाङ्क्षालाई परिपर्ूर्ति गर्नकै लागि मात्र अपर्झ त्यसो भनिएको थियो । जेठ मसान्तभित्र निर्वाचन सम्पन्न गर्ने भित्रैदेखि इच्छा, आकाङ्क्षा स्वयं सातदल र सरकारको पनि थिएन, त्यसो हुनाले निर्वाचन हुन सकेन ।
अहिले मङ्सिर ६ गते चुनाव गर्ने निर्ण्र्ााभएको छ । पार्टर्ीी, जनता आदिको माहौल, विभिन्न प्रतिक्रिया र अभिव्यक्तिहरूलाई हर्ेदा चुनाव घोषणा भए पनि चुनाव हुनका लागि बाहृयस्थिति त्यति सवल देखिन्न । आन्तरिक रूपमा समेत चुनावको तयारी सुषुप्तरूपमा भइरहेको जस्तो लाग्दैन । त्यसैले जनतामा अझ पनि शङ्का, उपशङ्का मडारिइरहेको छ, चुनाव हुन्छ वा घोषणामात्र गरिएको हो भन्ने कुराको चुनाव हुन्छ, हुन्न भन्ने खालको आशङ्का मेटाउने गरी चुनावी तयारी गर्नु आवश्यक छ ।
प्रतिगामी तथा यथास्थितिवादीहरूको सम्भावित संविधानसभा विरोधी गतिविधिलाई यहाँले कसरी हर्ेर्नुभएको छ - त्यस्ता गतिविधि संविधानसभा निर्वाचन सम्पन्न गर्ने सर्न्दर्भमा कत्तिको बाधक हुने ठान्नुहुन्छ ?
संविधानसभाको निर्वाचन हुन नदिने सम्भावनाहरू प्रशस्त छन् । प्रतिगामी तथा प्रतिक्रियावादीहरू, सामन्ती र दरबारीया शक्तिहरूले संविधानसभाको चुनावलाई आफ्नो सत्ताको विरुद्धका रूपमा लिइरहेका छन् । विदेशी शक्तिको पनि यहाँ जहिले पनि चलखेल भइरहेको हुन्छ ।
२०१४ सालकै चुनाव हर्ेर्नुस्, संविधानसभाको चुनाव गर्ने भनिएकोमा त्यसलाई संसदीय चुनावमा परिणत गरियो । त्यसो हुनाले मलाई के लाग्छ भने प्रतिगामी, सामन्ती, राजावादी र विदेशी शक्ति -खासगरी भारतको दक्षिणपन्थी हिन्दुवादी शक्ति) र सत्तासीन दक्षिणपन्थी सोच राख्ने शक्तिहरू राजतन्त्रको सुरक्षाको प्रत्याभूति नभएसम्म संविधानसभाको निर्वाचन हुन दिनुहुन्न भन्ने मान्यता राख्छन् । किनभने संविधानसभाको निर्वाचनपछिको पहिलो बैठकबाट राजतन्त्रको उन्मूलन गर्ने कुरालाई उनीहरू सहजरूपमा लिन सकिरहेका छैनन् ।
त्र संविधानसभा निर्वाचन हुन नदिन प्रतिगमनकारी प्रतिक्रियावादीहरूले गर्नसक्ने क्रियाकलाप रोक्न आठ राजनीतिक दलहरूको कस्तो भूमिका आवश्यक ठान्नु हुन्छ -
ल आठ राजनीतिक दलहरूको जुन राजनीतिक शक्ति छ, आपसमा जतिसुकै विमती र विषमता भए पनि मूलभूत एजेन्डाहरूमा तिनीहरूबीच एकरूपता, समान धारणा हुनु आवश्यक छ । राष्ट्रियता, र्सार्वभौमिकता, मानवअधिकार, मौलिकअधिकारलगायतका विषयहरूमा समान धारणा बनाई अगाडि बढेको खण्डमा जनताको मजबुत सङ्गठित र सचेत शक्ति विरुद्धमा प्रतिगामी, राजावादी शक्तिले चलखेल गर्न सक्ने छैनन् ।
मुलुकको राजनीतिमा प्रमुख र निर्ण्ाायक भूमिका खेल्ने नेपाली काङ्ग्रेस, नेकपा -एमाले) र नेकपा -माओवादी) बीच मूलभूत एजेन्डाहरूमा एउटा स्पष्ट समझदारी हुनर्ुपर्छ ।
संविधानसभाको निर्वाचन सफल पार्न आवश्यक वातावरण बनाउन यी दलहरू एक भएर जाने कुरामा कत्तिको विश्वास गर्न सकिन्छ, यहाँलाई के लाग्छ ?
संविधानसभाको निर्वाचनमा जाने नजाने भन्दा पनि मूलकुरा नेपालमा अहिले नेपाली जनताले चाहेको गणतन्त्र हो । जबसम्म व्यवस्थापिका-संसद्बाट गणतन्त्रको घोषणा हुँदैन, तबसम्म संविधानसभाको चुनावले नेपाली जनताको इच्छा, आकांक्षा पुरा हुन सक्दैन । व्यवस्थापिका संसद्बाट गणतन्त्र घोषणा नगरी संविधानसभा निर्वाचनमा जाँदा दरबार र विदेशी शक्तिले चलखेल गर्ने अवसर पाउँछन्, त्यस्तो सम्भावना पनि छ । त्यसैले संसद्बाट घोषणा गर्ने कुरालाई प्राथमिकता दिनर्ुपर्छ ।
विभिन्न समूहद्वारा सञ्चालित आन्दोलनका कारण तर्राई अशान्त छ, शान्तिसुरक्षाको स्थिति कमजोर रहेको छ, हत्या, अपहरणका घटना दिनहुँ भइरहेका छन् । यो स्थितिमा निर्वाचन शान्तिपर्ूण्ा वातावरणमा सम्पन्न हुने कुरामा कत्तिको आशावादी हुनुहुन्छ ?
तर्राईवासीहरूले उठाएका कुराहरूमा विमती जनाउनुपर्ने कारण छैन, वास्तवमा उनीहरूले सही र क्रान्तिकारी कुराहरू उठाएका छन् । पहिलेदेखि नै हामी पहाडीयाले मधेसीप्रति एउटा गौण शक्ति सम्झेर आफ्ना आधिपत्यमा आफ्नै संप्रभुतामा डोर्याउने प्रवृत्ति कायम थियो । वर्षौंदेखि थिचिएर र मिचिएर बसेका मधेसीहरू जनयुद्ध र जनआन्दोलनको सफलतापछि आफ्ना मौलिक हक, अधिकार र सिर्जनशीलता बुझेर नै माग राखेका हुन्, ती माग पूरा हुनर्ुपर्छ । मधेसीका सही माग रहे पनि त्यहाँ षड्यन्त्रकारी, आत्मघाती, हतियारधारी, आपराधिक शक्तिसमेत घुसेकाले पहिले त्यसलाई समाप्त पार्न सकिएन भने मधेसीका माग ओझेलमा पर्न सक्छन् । र्सवप्रथम सरकारले भारत सरकारसँग आपराधिक शक्तिको घुसपैठ रोक्न समझदारी गर्नुपर्छ । अहिले भइरहेका हत्या, डकैती, अपहरणलगायतका आपराधिक गतिविधि नरोकिएसम्म चुनाव हुने स्थिति म देख्दिन ।
नेकपा -माओवादी) को जनवर्गीय सङ्गठनको रूपमा रहेको योङ कम्युनिस्ट लीग -वाईसीएल) का गतिविधिले ठाउँठाउँमा जनता आतङ्कति भइरहेका र यस्तै गतिविधि कायम रहे निर्वाचन शान्तिपर्ूण्ा र निष्पक्ष हुन नसक्ने भनी शङ्का गरिँदै छ नि ?
वाईसीएल आपराधिक गिरोह होइन, मधेसको जस्तो । एउटा राजनीतिक सिद्धान्त र विचारबाट मार्गदर्शन गरेको माओवादीको सङ्गठन दस्ता हो । माओवादीको भ्रातृ सङ्गठनलाई बदनाम गर्ने काम मिडियाहरूबाट भइरहेको छ । वाईसीएल वास्तवमा राजनीतिक शक्तिमाथि आक्रमण हुँदा प्रतिरक्षा गर्नका लागि उभिएको शक्ति हो । यसका गतिविधिबाट निर्वाचनका सर्न्दर्भमा आतङ्कति हुनुपर्दैन भन्ने मलाई लाग्छ ।
संविधानसभाको निर्वाचन विगतका संसदीय निर्वाचनभन्दा फरक प्रक्रियामा हुने भएकाले यसबारेमा आमजनता अनभिज्ञ रहेको स्थिति छ, यसबारेमा स्पष्ट पार्न निर्वाचन आयोग, सरकार, राजनीतिक दलहरूको कस्तो भूमिका आवश्यक ठान्नुहुन्छ ?
राजनीतिक दलहरूका आआफ्नै दृष्टिकोण, मान्यता र विचार रहे पनि हाम्रा अध्यक्ष क. प्रचण्डले प्रधानमन्त्रीसँग चुनाव प्रचारमा दलहरू संयुक्तरूपमा जानर्ुपर्छ भन्नुभएको छ, मलाई लाग्छ चुनावबारे सबै दलका नेताहरूले एउटै मञ्चबाट मतदातालाई स्पष्ट गर्नुपर्छ भन्ने अर्थमा त्यसो भन्नुभएको हो ।
जहाँसम्म निर्वाचन आयोगको भूमिकाको कुरा छ, आयोगबाट पम्प्लेट, पोस्टर र पुस्तिका प्रकाशन गरी निर्वाचनबारे प्रचार-प्रसार गर्ने काम भएको छैन । केही राजनीतिक दलका मानिस, गैरसरकारी स‹संस्था, जनवर्गीय सङ्गठनका प्रतिनिधिसँग छलफल भए पनि अप्रिmका र ल्याटिन अमेरिकामा जस्तो आमबुद्धिजीवी र जनतामाझ सञ्जाल खडा गरी निर्वाचनका हरेक पक्षबारे सुसूचित गराउने काम भएको छैन, त्यसतर्फध्यान दिनर्ुपर्छ ।
जनआन्दोलनका सर्न्दर्भमा देखिएको दलहरू बीचको सहकार्यको संस्कृति अन्तरिम सरकारमा देखिएन भन्ने चर्चा छ, यहाँलाई कस्तो लाग्छ ?
भारतको नयाँदिल्लीमा भएको बाह्र बुँदे सम्झौता अहिलेको राजनीतिक स्थिति, माहोल देख्दा अलि पुरानो भइसक्यो, त्यसले धेरै चिजहरू पूरा गरिसक्यो, अब नयाँ समझदारी सम्झौता पार्टर्ीी बीच आवश्यकता छ, यो नगरी सहमतिको राजनीति अगाडि बढ्न सक्दैन भन्ने लाग्छ । नेकपा -माओवादी) का अध्यक्ष क. प्रचण्ड, एमाले महासचिव माधवकुमार नेपाल, यहाँसम्मकी नेपाली काङ्ग्रेसभित्रको गणतन्त्रवादी शक्तिसमेत त्यो मनस्थितिमा छन् भन्ने मेरो बुझाई छ ।
संविधानसभाको निर्वाचनमा वामपन्थीहरू मोर्चाका रूपमा जाने सम्भावना कस्तो देख्नुहुन्छ ?
एमालेले माओवादीलाई अगाडि बढेको देख्न चाहन्न, माओवादीले समकक्षमा रहेको एमालेलाई आफूभन्दा माथि देख्न चाहन्न, स्थिति त्यस्तो छ तर मलाई लाग्छ वामपन्थी शक्तिबीच सुदृढ एकता आवश्यक छ ।
एमाले र माओवादीले एकले अर्कोलाई अगाडि बढेको देख्न नचाहने स्थितिले निर्वाचनमा कस्तो प्रभाव पर्ला ?
यो निर्वाचन कुनै पार्टर्ीी जितेर सरकार बनाउने नभई संविधानसभामार्फ मुलुकमा गणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ हुन गई रहेकोले माओवादी र एमालेबीच समीकरण हुनु जरुरी छ भने साना वामपन्थी शक्ति र मझौला खालका प्रजातन्त्रवादी शक्तिलाई समेत समेटेर जानर्ुपर्छ ।
प्रतिगामी दरबारिया शक्तिलाई समूल नष्ट गर्न जतिसुकै सैद्धान्तिक र वैचारिक मतभेद भए पनि माओवादी पार्टर्ीी एमालेसँग संविधानसभाको निर्वाचनसम्म गठबन्धन गरेर जानर्ुपर्छ, त्यसो हुन सकेन भने राजावादीले खेल्ने अवसर पाउने छन् र राष्ट्रका लागि सबभन्दा ठूलो दर्ुभाग्य हुनेछ ।
जनयुद्धबाट राष्ट्रिय राजनीतिमा प्रमुख राजनीतिक दल मध्येमा स्थापित भएको नेकपा -माओवादी) र अन्य राजनीतिक दलहरूको स्थिति चुनावमा कस्तो होला भन्ने ठान्नुहुन्छ ?
माओवादी जनयुद्ध लडेर आएको पार्टर्ीीो भने अन्य दलहरू आन्दोलन गरेर र धेरै वर्षेखि आमजनताबीच काम गर्दै आएका छन् त्यसैले कसैलाई पनि कम आँक्न मिल्दैन । माओवादीप्रति ठूलो सङ्ख्यामा युवा पुस्ता आकषिर्त रहेकाले पनि अन्य दलभन्दा अगाडि देखिन्छ ।
मुलुक लोकतान्त्रिक गणतन्त्र उन्मुख छ, संविधानसभाको निर्वाचनमा लोकतान्त्रिक गणतन्त्रवादी शक्तिले जित्ने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ ?
वास्तवमा जनताले चाहेको गणतन्त्र हो । निर्वाचनमा गणतन्त्रको दृष्टिकोण बोकेको पार्टर्ीी प्रतिनिधित्व गरोस् भन्ने जनताको चाहना छ । जनताको इच्छा आकाङ्क्षा अनुसारको परिणाम आएन भने त्यसले अर्को व्रि्रोह जन्माउने सम्भावना देख्छु ।
तपाई वरिष्ठ प्रगतिवादी साहित्यकार र समालोचक पनि हुुनुहुन्छ, वर्तमान प्रगतिवादी साहित्यिक आन्दोलनको स्वरूप कस्तो छ ?
प्रगतिवादी साहित्य जुनरूपमा जानु पथ्र्यो, त्यसरूपमा जान सकेको छैन । जुन गतिमा जानुपथ्र्यो त्यो रूपमा अगाडि बढेको मान्न सकिन्न । तर समष्टिगतरूपमा रूपमा हर्ेदा प्रगतिवादी साहित्य धेरै अगाडि बढेको छ । जस्तो पुराना पुस्तामा रमेश विकल, केवलपुरे किसान र युद्धप्रसाद मिश्र आदिले अगाडि बढाएको प्रगतिवादी साहित्यिक, सांस्कृतिक आन्दोलनमा अहिले पर्ूण्ाविराम, कृष्णसेन इच्छुकलगायत कवि, लेखकहरूले एउटा नयाँ धारणा र दृष्टिकोण बोकेर आइरहेका छन् । प्रगतिवादी साहित्यलाई उर्वरा बनाउनका लागि अहिले धेरै मलजल दिनर्ुपर्छ भन्ने मलाई लाग्छ ।
