Google
 

September 4, 2007

एउटा आपराधिक गिरोहलाई राजनीतिक शक्तिको मान्यता दिइंदैछ

पम्फा भुसाल, केन्द्रीय सदस्य, नेकपा -माओवादी)

० संविधानसभा निर्वाचनको मुखैमा आएर २२ बुंदे माग अघि सारेर आन्दोलनका कार्यक्रम किन र्सार्वजनिक गर्नुभएको -
- सात राजनीतिक दल र नेकपा माओवादीबीच भएका विभिन्न सम्झौता, सहमतिबमोजिम सरकार चल्नुपर्ने हो, त्यसो हुन सकेन । तत्कालीन सहमतिबमोजिम जेठ मसान्तभित्र संविधानसभा निर्वाचन सम्पन्न गर्न हामी सरकारमा गएका थियौं । तर विविध प्राविधिक कारण देखाएर निर्वाचनलाई पर धकेल्ने प्रयास सरकारद्वारा निर्वाचन आयोगमार्फ भयो । त्यो सार्नुको कुनै कारण छैन । त्यसकारण विनाकारण निर्वाचनको भविष्य अनिश्चित गर्दै जाने हो भने आन्दोलनको विकल्प छैन । संविधानसभा निर्वाचनमार्फ जनतालाई र्सार्वभौमसत्ता सम्पन्न बनाउने, मुलुक गणतन्त्रात्मक बनाउने लक्ष्यमा अगाडि बढेको बेला मंसिरमा पनि निर्वाचन हुने ग्यारेन्टी नभएपछि २२ बुंदे पर्ूवाधार तय गरेका हौं । जुन संविधानसभा निर्वाचनका लागि अत्यन्तै आवश्यक छन् ।
० यो पर्ूवाधारले कसरी सुनिश्चित गर्छ त संविधानसभा निर्वाचनलाई -
- हामीले २२ बुंदे पर्ूवाधारमा जे-जे उल्लेख गरेको भए पनि संविधानसभा निर्वाचनविरुद्ध थुप्रै शक्तिहरु लागिपरेका छन् । रायमाझी आयागले दोषी ठहर्‍याएकालाई कारबाही नगरेसम्म, सदनबाट गणतन्त्र घोषणा नहुंदासम्म र समानुपातिक निर्वाचन प्रणाली तय नगरिंदासम्म निर्वाचन बिथोल्ने शक्ति दिनप्रतिदिन मजबुत बन्दै जाने निश्चित छ । देशी-विदेशी प्रतिक्रियावादी शक्तिकेन्द्रले विभिन्न नामधारण गरेर तर्राईमा मच्चाइएको हिंसा होस् वा राजनीतिक प्रोपोगण्डा, हरेक कोणबाट निर्वाचन बिथोल्ने प्रयास भइरहेका छन् । त्यसका लागि हामीले सदनबाटै गणतन्त्र घोषणा गर्नुपर्दछ भनेका छौं ।
० संविधानसभा निर्वाचनको सुनिश्चितताका लागि भनेर ल्याइएका २२ बुंदे पर्ूवाधार सरकारमा बसेर तयार गर्न सकिन्नथियो र सरकार छाड्छौं भन्नुभएको -
- हामी जेठ मसान्तभित्र संविधानसभा निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित अन्तरिम सरकारमा गएका हौं । १० वर्षो जनयुद्धको जगमा भएको २०६२-०६३ को जनआन्दोलनको म्यान्डेट पनि तुरुन्तै संविधानसभा निर्वाचन सम्पन्न गरी गणतन्त्र स्थापना गर्ने थियो । तर सरकारको नेतृत्व गर्ने कांग्रेसभित्र भएको राजमोह र साम्राज्यवादीका षड्यन्त्रका कारण निर्वाचन सार्ने काम भयो । त्यतिबेला नै हामीले ‘नोट अफ डिसेन्ट’ लेखिसकेका थियौं । मंसिरमा निर्वाचन हुन्छ भनेपछि हामी सरकारमा रहिरहेका छौं । हामी सरकारमा बसेर गरेको लडाइंले सरकारमा बसेर भन्दा सडकबाट नै दबाब र आधार तयार गरिनुपर्ने रहेछ भन्ने लागेको छ । हाम्रो एक्लो प्रयासले मात्रै संविधानसभा निर्वाचन नहुने रहेछ भन्ने लागेपछि हामी सरकारमा बसिरहनुको अर्थ रहन्न । हजारौंको बलिदानीबाट संविधानसभा र गणतन्त्रको नारा स्थापित गर्‍यौं । हामी बसेरै सरकार संविधानसभा र गणतन्त्रका लागि तयार हुंदैन भने हामी सरकारमा किन बस्ने - त्यसकारण सरकारमा बसेर निर्वाचन सम्पन्न हुनसक्ने सम्भावना नदेखेपछि सरकार छाड्ने भनेका हौं । (more…)

Release Jose-Maria Sison!

AWTW/ The Committee of the Revolutionary Internationalist Movement learned with anger and outrage of the arrest in the Netherlands of Jose-Maria Sison by the Dutch authorities. Comrade Sison was the founding Chairman of the Communist Party of the Philippines in 1968 and has remained a life-long opponent of imperialism and reaction and leader of the Filipino people’s struggles. It is for these reasons and no other that comrade Sison has been hounded by successive reactionary governments in the Philippines. US imperialism and the European Union have also tried to stick the “terrorist” label on comrade Sison, despite the fact that the struggle he has been associated with in the Philippines is widely known, even by the reactionary news media, to have the support of millions of Filipinos from all walks of life.

The arrest of comrade Sison is not only a major blow to the struggle of the Filipino people, it is also an attack on the thousands of revolutionaries and other political activists from around the world who have settled in Europe because of severe political persecution in their home countries. If the Dutch authorities succeed in bringing comrade Sison to trial, it will have ominous, more widespread implications.

The CoRIM, on behalf of the entire Revolutionary Internationalist Movement, calls upon all communist, revolutionary and progressive forces and individuals to raise their voices in protest to demand that the Dutch authorities release Jose-Maria Sison, drop all charges, and cease their political persecution of him.

Committee of the Revolutionary Internationalist Movement
30 August 2007



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft