एउटा आपराधिक गिरोहलाई राजनीतिक शक्तिको मान्यता दिइंदैछ
पम्फा भुसाल, केन्द्रीय सदस्य, नेकपा -माओवादी)
० संविधानसभा निर्वाचनको मुखैमा आएर २२ बुंदे माग अघि सारेर आन्दोलनका कार्यक्रम किन र्सार्वजनिक गर्नुभएको -
- सात राजनीतिक दल र नेकपा माओवादीबीच भएका विभिन्न सम्झौता, सहमतिबमोजिम सरकार चल्नुपर्ने हो, त्यसो हुन सकेन । तत्कालीन सहमतिबमोजिम जेठ मसान्तभित्र संविधानसभा निर्वाचन सम्पन्न गर्न हामी सरकारमा गएका थियौं । तर विविध प्राविधिक कारण देखाएर निर्वाचनलाई पर धकेल्ने प्रयास सरकारद्वारा निर्वाचन आयोगमार्फ भयो । त्यो सार्नुको कुनै कारण छैन । त्यसकारण विनाकारण निर्वाचनको भविष्य अनिश्चित गर्दै जाने हो भने आन्दोलनको विकल्प छैन । संविधानसभा निर्वाचनमार्फ जनतालाई र्सार्वभौमसत्ता सम्पन्न बनाउने, मुलुक गणतन्त्रात्मक बनाउने लक्ष्यमा अगाडि बढेको बेला मंसिरमा पनि निर्वाचन हुने ग्यारेन्टी नभएपछि २२ बुंदे पर्ूवाधार तय गरेका हौं । जुन संविधानसभा निर्वाचनका लागि अत्यन्तै आवश्यक छन् ।
० यो पर्ूवाधारले कसरी सुनिश्चित गर्छ त संविधानसभा निर्वाचनलाई -
- हामीले २२ बुंदे पर्ूवाधारमा जे-जे उल्लेख गरेको भए पनि संविधानसभा निर्वाचनविरुद्ध थुप्रै शक्तिहरु लागिपरेका छन् । रायमाझी आयागले दोषी ठहर्याएकालाई कारबाही नगरेसम्म, सदनबाट गणतन्त्र घोषणा नहुंदासम्म र समानुपातिक निर्वाचन प्रणाली तय नगरिंदासम्म निर्वाचन बिथोल्ने शक्ति दिनप्रतिदिन मजबुत बन्दै जाने निश्चित छ । देशी-विदेशी प्रतिक्रियावादी शक्तिकेन्द्रले विभिन्न नामधारण गरेर तर्राईमा मच्चाइएको हिंसा होस् वा राजनीतिक प्रोपोगण्डा, हरेक कोणबाट निर्वाचन बिथोल्ने प्रयास भइरहेका छन् । त्यसका लागि हामीले सदनबाटै गणतन्त्र घोषणा गर्नुपर्दछ भनेका छौं ।
० संविधानसभा निर्वाचनको सुनिश्चितताका लागि भनेर ल्याइएका २२ बुंदे पर्ूवाधार सरकारमा बसेर तयार गर्न सकिन्नथियो र सरकार छाड्छौं भन्नुभएको -
- हामी जेठ मसान्तभित्र संविधानसभा निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित अन्तरिम सरकारमा गएका हौं । १० वर्षो जनयुद्धको जगमा भएको २०६२-०६३ को जनआन्दोलनको म्यान्डेट पनि तुरुन्तै संविधानसभा निर्वाचन सम्पन्न गरी गणतन्त्र स्थापना गर्ने थियो । तर सरकारको नेतृत्व गर्ने कांग्रेसभित्र भएको राजमोह र साम्राज्यवादीका षड्यन्त्रका कारण निर्वाचन सार्ने काम भयो । त्यतिबेला नै हामीले ‘नोट अफ डिसेन्ट’ लेखिसकेका थियौं । मंसिरमा निर्वाचन हुन्छ भनेपछि हामी सरकारमा रहिरहेका छौं । हामी सरकारमा बसेर गरेको लडाइंले सरकारमा बसेर भन्दा सडकबाट नै दबाब र आधार तयार गरिनुपर्ने रहेछ भन्ने लागेको छ । हाम्रो एक्लो प्रयासले मात्रै संविधानसभा निर्वाचन नहुने रहेछ भन्ने लागेपछि हामी सरकारमा बसिरहनुको अर्थ रहन्न । हजारौंको बलिदानीबाट संविधानसभा र गणतन्त्रको नारा स्थापित गर्यौं । हामी बसेरै सरकार संविधानसभा र गणतन्त्रका लागि तयार हुंदैन भने हामी सरकारमा किन बस्ने - त्यसकारण सरकारमा बसेर निर्वाचन सम्पन्न हुनसक्ने सम्भावना नदेखेपछि सरकार छाड्ने भनेका हौं ।
० त्यसो हो भने त जेठमै नैतिकताका आधारमा सरकार छाड्नुपर्ने होइन र -
- राजनीति हो वा होइनमा टुंगिने विषय होइन । राष्ट्रिय, अन्तर्रर्ााट्रय परिस्थितिले आठ पार्टर्ीीमलेर जानुपर्ने बाध्यता छ । सहमतिको राजनीतिमा अगाडि बढ्दा कहिले को तल पर्छ, कहिले को माथि पर्दछ । हामी स्पष्ट विचार, लक्ष्य र बाटो तय गरेर अगाडि बढिरहेका छौं । कुन ठाउंमा कस्तो रणनीति उपयोग गर्ने भन्नेमा हामी सजग छौं ।
० पांचौं विस्तारित बैठकमा बहुमत कार्यकर्ताको भावना सरकार छाड्ने थियो । तर तपार्इंहरुको पछिल्लो गतिविधिले सरकार छाड्ने अभिव्यक्ति घर्ुर्कीजस्तो मात्रै देखियो नि -
- हाम्रो भनाइ यो होइन कि, हामी एक्लै अगाडि जाऔं, अहिलेको राष्ट्रिय आवश्यकता आठदलबीचको एकता नै हो । राष्ट्रिय राजनीतिलाई ठोस दिशा दिन र जनताको भावना, चाहनालाई उच्च कदर गर्दै हामी अत्यन्तै लचकता अपनाउंदै आएका छौं । हाम्रो लचकतालाई कमजोरी ठानेर हामीविरुद्ध षड्यन्त्र गरिंदैछ । हामी जति लचकता पर््रदर्शन गर्दै सहमतिको राजनीतिमा सहभागी भयौं, उति नै कठोर भएर पनि प्रस्तुत हुन सक्छौं । त्यही लचकता र कठोरताको बहसबाट देश गुज्रिरहेको छ ।
० सरकार छाड्ने मनःस्थिति बाक्लिंदै गएको हो भने त आफ्ना मान्छे विभिन्न आयोग, समिति -राजदूत) मा नियुक्त गर्नका लागि सिफारिस गर्नु ठीक हो त -
- देशलाई अग्रगामी दिशा दिन हामी सरकारमा गएका हौं । १२ हजारको बलिदानबाट हामीले स्थापित गरेको संविधानसभा निर्वाचनको नारा राष्ट्रिय एजेन्डा बन्यो । सबैको मिलनबिन्दु बन्यो भने हामीले सरकार छाड्छौं भन्दैमा नियुक्ति किन नदिने - हामीले कुनै षड्यन्त्र गरेका छैनौं र आत्मर्समर्पण गरेका पनि छैनौं । आठदलका बीचमा सहकार्य र सहमति गरेर अगाडि बढ्न सरकारमा सामेल भएका हौं । हामीसंग जे सहमति र सम्झौता भएका छन्, त्यसको कार्यान्वयन नगर्ने हो भने, संविधानसभा निर्वाचनलाई विभिन्न बहाना बनाएर पर सार्ने हो भने हामी आन्दोलन गर्र्छौं । त्यतिबेला ती नियुक्ति के हुन्छ, भन्न सकिएन ।
० आन्दोलनपछिको तपाईंहरुको मुद्दाचाहिं के हुन्छन् -
- राष्ट्रिय, अन्तर्रर्ााट्रय प्रतिगामीहरुले निर्वाचन आयोगलाई गोटी बनाएर निर्वाचन बिथोल्ने, जनताको चाहना, भावनामाथि खेलवाड गरिंदैछ । जेठमा त्यही भएको हो, मंसिरमा पनि त्यही हुंदैछ । हामीले १० वर्षो जनयुद्धका १२ हजार सहिदको बलिदानीबाट स्थापित नारा संविधानसभा हुन नदिने षड्यन्त्रविरुद्धको अबको आन्दोलनले गणतन्त्र स्थापना हुन्छ । त्यसपछाडि मात्रै संविधानसभा निर्वाचन हुन्छ । यसमा दुनियाको कुनै तागतले रोक्नेवाला छैन । आन्दोलनको मूल मुद्दा गणतन्त्र र त्यसपछाडि संविधानसभा स्पष्ट छ भावी कार्यदिशा ।
० तपार्इंहरुले मंसिरमा निर्वाचन हुन नसक्ने आधारहरु के-के देख्नुभएको छ -
- दरबार, राजावादी र त्यसका देशी-विदेशी र्समर्थकहरु पर्ूर्वी मधेशको समस्या पश्चिमतिर धकेल्दैछन् । र, एउटा आपराधिक गिरोहलाई राजनीतिक शक्तिको मान्यता दिइंदैछ । १२ हजार सहिद परिवारको बेहालको अवस्था छ । हजारौं बेपत्ता नागरिकको खोजीको कुनै वास्ता छैन । जनयुद्ध र जनआन्दोलनका दमनकारी, भ्रष्टाचारीमाथि कुनै कारबाही गरिएको छैन ।
० मंसिरमा निर्वाचन भएन भने मुलुकको दिशाचाहिं के हुन्छ -
- यदि तोकिएको मितिमा निर्वाचन हुन सम्भव भएन भने पुनः आन्दोलनको विकल्प छैन । त्यो आन्दोलन गणतन्त्रका लागि हुन्छ, वैदेशिक हस्तक्षेपका विरुद्ध हुन्छ, त्यसको नेतृत्व हाम्रो पार्टर्ीी गर्नेछ ।
० सहरी व्रि्रोह हो तपार्इंहरुको भाषामा भन्नुपर्दा -
- केन्द्रीय राज्यसत्ता कब्जा गर्ने सहरी व्रि्रोह त हो तर त्यो राष्ट्रिय आन्दोलन पनि हो । रुसको अक्टोबर क्रान्तिजस्तो हुंदैन । जसरी १० वर्षो जनयुद्ध आफ्नै मौलिक तरिकाले सम्पन्न हंुदै आयो, सहरी व्रि्रोह पनि त्यही रुपमा हुन्छ । त्यो रुसीजस्तो पनि हुन्न, भियतनामीजस्तो पनि हुन्न र चिनियांजस्तो पनि हुन्न ।
० सरकारमा सहभागी पार्टर्ीी आफ्ना बेपत्ता कार्यकर्ता खोज्न र सहिदलाई सम्मान गर्न सक्दैन भने त्यो पार्टर्ीीे दोष होइन -
- सरकारको प्रमुख नेतृत्वकर्ताबाट नै एकलौटी बहुमतको सरकारझंै अरु पार्टर्ीी निर्ण्र्ाानसुन्ने भएपछि यी समस्या थाती रहेका छन् । विभिन्न मिति र समयमा बेपत्ताको स्थिति र्सार्वजनिक गर्ने तथा सहिद परिवारलाई राहत दिने सहमति भएका थिए । तर कुनै सहमति लागू भएका छैनन् । हाम्रो पार्टर्ीी बारम्बार यो विषयलाई उठाएको छ । हामीसंग भएका सबै सहमतिका बाधक अर्थमन्त्री रामशरण महत बनेका छन् ।
० विस्तारित बैठकमा कार्यकर्ताको दबाबमा मात्रै पार्टर्ीीेतृत्वले आन्दोलनको मनःस्थिति बनाएको र त्यहीअनुरुप कार्यकर्ता भुल्याउने आन्दोलनको नारा दिने गरेको भनिन्छ नि -
- हामीले कसैलाई देखाउनु छैन, कसैलाई झुक्याउनु छैन, ढांट्नु छैन । हाम्रो नेतृत्व एक्काईसौं शताब्दीको क्रान्तिकारी नेतृत्व हो । र, विस्तारित बैठकले क्रान्तिकारी कार्यनीति, रणनीतिको नयां ढंगले अगाडि बढ्ने निर्ण्र्ाालिएको छ, त्यहीअनुरुप हामी अगाडि बढिरहेका छौं ।
० विस्तारित बैठकलगत्तै बसेको केन्द्रीय समितिको बैठकले जातीय राज्य समिति बनाएको छ । माओवादीले जातीय राजनीति गर्न खोजेको हो -
- जातीय, क्षेत्रीय, लैंगिक, उत्पीडित वर्गको मुक्तिका लागि हामीले आत्मनिर्ण्र्ााो अधिकारसहित स्वायत्तताको नारा लिएका छौं । वर्गीय मुक्तिलाई जातीय मुक्तिसंगै जोडेर हामीले हर्ेर्ने गरेका छौं । त्यसकारण जातीय राज्य समिति निर्माण भएको हो । दर्ुइ सय ३९ वर्षेखिको एकात्मक सामन्ती राज्यसत्ताबाट उत्पीडनमा परेकाहरुलाई माथि उठाउन यस्ता संरचना खडा गरिएका हुन् ।
० तर मार्क्सवादले जातीय राजनीतिलाई निषेध गरेको छ नि -
- हाम्रो देशको विशिष्टतामा वर्गीय उत्पीडन मात्रै होइन । जातीय, क्षेत्रीय, लिंगीय उत्पीडन छ । यसको सम्बोधन गर्नु जरुरी थियो । वैचारिक दृष्टिकोणले, संरचनागत दृष्टिकोणले सम्बोधन गर्ने सर्न्दर्भमा जातीय संघ निर्माण भएका हुन् ।
० राजाको सम्पत्ति राष्ट्रियकरण गरिएको भन्दै केही ऐतिहासिक दरबार राष्ट्रियकरण गरिएको छ । यो त जनतालाई झुक्याउने काममात्रै भयो नि होइन -
- हामी आठदलीय सहमतिको राजनीतिबाट अगाडि बढिरहेका छौं । हाम्रो एक्लो निर्ण्र्ाालागू हुंदैन । त्यसमाथि न्यूनतम सहमतिमा पनि हामीलाई न्यूनीकरण गर्ने प्रयास गरिन्छ । अहिले राष्ट्रियकरण गरिएका सम्पत्ति तत्काल राष्ट्रियकरण गर्नुपर्ने होइनन् । यो सरकारले सम्पत्ति राष्ट्रियकरण नै गर्दथ्यो भने एभरेष्ट होटल, सोल्टी होटल र राजाका राजपरिवारको स्विट्जरल्यान्डको बैंकको पैसा किन कब्जा गरिएन - हाम्रो मान्यता तत्काल गणतन्त्र घोषणा गर्ने र सम्पर्ूण्ा सम्पत्ति राष्ट्रियकरण गर्ने हो ।
० तपाईं एउटा राजनीतिक व्यक्तित्व- राजदूतका लागि सिफारिस हुनुभएको छ । कूटनीतिक रुपमा कति सफल हुन्छु जस्तो लाग्छ -
- पार्टर्ीी दिएको जस्तोसुकै जिम्मेवारी पनि लिनर्ुपर्छ । मेरो अनुभवमा अत्यन्तै नौलो हो । विगतमा पनि विदेश मामलाका कुनै विभागमा काम गरेकी छैन । तर हामीले सबै काम गरेर सिकेका छौं । त्यसकारण यो पनि म गरेर सिक्छु जस्तो लाग्छ ।
० प|mान्ससंग कूटनीतिक सम्बन्ध थप सुमधुर बनाउन के गर्छर्ुुन्ने लागेको छ -
- प|mान्स र नेपालबीचको कूटनीतिक सम्बन्ध सुमधुर नै छ । कूटनीतिक सम्बन्धलाई परिचालन गर्ने कुरा नेपाली जनता र राष्ट्रको हितमा हुनेगरी अगाडि बढाइनेछ । प|mान्स, युरोपियन युनियनको एउटा महत्त्वपर्ूण्ा राष्ट्र, संयुक्त राष्ट्रसंघको भिटो प्रयोग गर्ने देशमध्येको एउटा हो । त्यसकारण प|mान्ससंग नेपालको सम्बन्ध हिजोको दिनमा भन्दा थप सुमधुर पार्ने प्रयत्न गर्नेछु ।
० ऐतिहासिक प|mेन्च क्रान्तिको इतिहास बोकेको देशको लागि राजदूत हुनुबाट कस्तो अनुभूति भएको छ -
- ऐतिहासिक हिसाबमा प|mेन्च क्रान्तिदेखि नै सामन्तवादको अन्त्य गरेर पुंजीवादको थालनी प|mान्सले गरेको हो । मार्क्सवादको पहिलो अभ्यास गरेर पहिलो र्सवहाराको राज्य स्थापना गर्ने प|mान्स र प|mान्सेली जनता हामी कम्युनिस्टका लागि महत्त्वपर्ूण्ा छन् । अहिलेको नेपालीको शान्ति र अग्रगमनविरुद्ध मुख्य बाधक बनेर आउने अमेरिकाको जुन भूमिका छ, त्यसका विरुद्ध यस्ता राष्ट्रले हामीलाई सहयोग गर्छन् भन्ने पनि लाग्छ ।
० राजनीतिक क्षेत्रमा कसरी लाग्नुभयो -
- विद्यार्थीकालबाट नै राजनीतिमा लागेकी हुं । सामाजिक अन्तरविरोध नै प्रमुख प्रेरकका रुपमा रह्यो । र, त्यो अन्तरविरोध वैज्ञानिक रुपमा मार्क्सवाद र भौतिक रुपमा कम्युनिस्टले गर्न सक्छ भन्ने लाग्यो र राजनीति क्षेत्रमा लागियो ।
० राजनीतिक उद्देश्यमा कति सफल भइयो त -
- व्यक्तिगत जीवन त्यति महत्त्वपर्ूण्ा हुन्न । मार्क्सवादी मूल्य-मान्यताको राजनीतिको आकांक्षा राख्यौं, त्यस रुपमा हामी सफल छौं ।
० युद्ध र शान्तिमध्ये कुन मोर्चा जटिल हुंदोरहेछ -
- दुवैको आ-आफ्नो विशेषता हुन्छन् । हामी शान्तिपर्ूण्ा राजनीतिबाट युद्धमा गइयो र युद्धबाट शान्ति प्रक्रियामा आएका छौं । दुवै मोर्चामा लड्न अत्यन्तै कठिन रहेको महसुस गरेका छौं ।
० तपाईं कहिले कहां जन्मिनुभएको हो -
- आजभन्दा ४६ वर्षहिले अर्घर्ाांची जिल्लामा जन्मिएकी हुं ।
० यतिका उमेरसम्म विवाहचाहिं किन नगर्नुभएको -
- विवाह गर्नैपर्छ भन्ने लागेन ।
