माओवादीहरुले सरकार नवनाउने संकेत
![]()
नेकपा माओवादी पछिल्लो (शुक्रबार बसेको ) वैठक पछि माओवादी सरकार नबनाउने स्थितीमा पुगेको विश्लेषण गरीएको छ ।
नेकपा माओवादीले आफ्ना अघिल्ला तीन शर्तहरु पुरा नगरिकन सरकार बनाउन नजाने निर्णय दोहोर्याएपछि विश्लेषकहरुले यस्तो अनुमान गरेका छन् । तीनदल (कांग्रस, एमाले र फोरम) को गठबन्धन भंग हुनुपर्ने, माओवादीका नीति तथा कार्यक्रम लागु गरिनु पर्ने र कम्तिमा २ वर्षसम्म सरकार ढाल्न नपाइने, यस अघिका तीन शर्तहरुलाई अन्य मुख्य दलहरुले खरो रुपमा अस्विकार गर्दै आएका थिए । यधपी वरिष्ठ माओवादी नेता चन्द्र प्रकाश गजुरेल (गौरवका) अनुसार माओवादी सरकारको नेतृत्व गर्ने मनस्थितीबाट टसमस नभएको बताउनु भएको छ । ऐक्यबद्धतासंग कुरा गर्दै गजुरेलले भन्नुभयो “हामी सर्बप्रथम त सहमतीको सरकारमा जोड दिन्छौ, दोश्रोमा बहुमतको सरकार र अन्तिम विकल्पका रुपमा अल्पमतको सरकारको समेत तयारीमा छौ ” । के तपाईहरुले आफ्ना तीन शर्तका अडान फेरी दोहोर्याउनु भएको हो भन्ने अर्को एक जिज्ञासामा उहाँले भन्नुभयो “हामीले कुनै पनि अडान छाडेका छैनौ र त्यसलाई शर्त बनाएका होइनौ तर वातावरण त ठिक हुनुपर्यो नी ।”
वरिष्ठ माओवादी नेताको यो प्रतिक्रीया सरकार निमार्णको विपरीत नदेखिए पनि माओवादीका पूर्ववत अडानले माओवादी सरकारमा नजाने संभावना बढेर गएको चाँही भन्न सकिन्छ ।
