Google
 

August 6, 2008

बेल्जियममा बृहत् अन्तक्रिर्या कार्यक्रम

आन्र्टोवपेन, (बेल्जियम), २१ साउन : संयुक्त नेपाली मोर्चा, युरोपको आयोजनामा “नेपालको समसामयिक राजनीति र राष्ट्रियताको प्रश्न” विषयक बृहत् अन्तक्रिर्या कार्यक्रम अखिल -क्रान्तिकारी)का अध्यक्ष लेखनाथ न्यौपानेको प्रमुख आतिथ्य तथा बेल्जियमवासी नेपालीहरू तथा विभिन्न प्रगतिशील संघसंस्थाको सहभागितामा आइतबार सम्पन्न भएको छ ।
कार्यक्रममा अध्यक्ष न्यौपानेले विगतमा राजनीतिक पार्टीहरूका असक्षम नेतृत्व र ती नेतृत्वले सदैव सामन्तवाद र साम्राज्यवादको पक्षपोषण गरेकाले नेपाली जनताको वास्तविक मुक्ति हुन नसकेको बताउनुभयो ।विगतमा नेपाली कांग्रेस र एमालेले हतियार उठाए पनि उद्देश्यमा नपुगी आत्मसमर्पण गरेकाले अब पनि उद्देश्यमा नपुगी हतियार बिसाइयो भने भोलि फेरि सङ्गठित रूपमा हतियार उठ्ने उहाँले दाबी गर्नुभयो । हिजोदेखि आफूहरूले राखेको राजनीतिक कार्यक्रममा अन्य दलहरू सहभागी हुँदै आउनु र ती कार्यक्रमहरूको विजय हुनुले पनि नेकपा (माओवादी)को राजनीतिक विजय भएको उहाँले बताउनुभयो ।
अर्का विद्यार्थी नेता अखिल (क्रान्तिकारी) का गोपालकृष्ण न्यौपानेले हिजोको दिनका गणतन्त्र विरोधीहरू आज गणतन्त्रवादी भएता पनि उनीहरू कहिल्यै राष्ट्रवादी हुन् नसकेको बताउनुभयो । साम्राज्यवादीहरूद्वारा नेपालको राष्ट्रियतामाथि हस्तक्षेप भइरहादा एमालेले त्यसको सारथीको भूमिका निभाएको बताउनुभयो ।
जनजाति सरोकार मञ्च, युरोपका अध्यक्ष रामबहादुर गुरुङले यथास्थितिलाई कायम राखी कांग्रेस र एमालेले नेपाललाई असफल राष्ट्र बनाउन र विदेशी हस्तक्षेप निम्त्याउन खोजेको विचार व्यक्त गर्नुभयो ।
नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा बेल्जियमका कृष्ण तिवारीले राष्ट्रियताका पक्षमा उभिने सङ्गठनहरूलाई मोर्चामा सङ्गठित हुन आहृवान गर्नुभयो । नेपाली जनप्रगतिशील महिला संयोजन समिति बेल्जियमकी कल्पना मगरले महिला मुक्तिका लागि संघर्षरत बेल्जियमवासी सम्पूर्ण महिलाहरूलाई संगठित हुन आहृवान गर्नुभयो ।
मगर राष्ट्रिय मुक्ति मोर्चा बेल्जियम इकाई समितिका संयोजक कुलबहादुर मगरले विगतदेखि जनजातिहरू जातीय मुक्तिका साथसाथै वर्गीय मुक्तिका लागि लड्दै आएकाले अब बन्ने संविधान जनजातिहरूको मुक्तिका लागि हुने विश्वास व्यक्त गर्नुभयो ।
जनजाति सरोकार मञ्च, युरोपका वदन योङ्गहाङ्गले जनजातिका समस्याहरूलाई माओवादीले सम्बोधन गरेको बताउनुभयो । नेपाली समुदाय संघर्ष समितिका संयोजक लिलाधर पन्तले बेल्जियमका नेपालीहरूका समस्यालाई समाधान गर्न प्रवासी मात्रै नभएर बेल्जियमका नागरिकहरूले पनि घनिभूत सहयोग गर्नुपर्ने विचार राख्नुभयो ।
नेपाली जनप्रगतिशील मञ्च, बेल्जियमका अध्यक्ष विष्ण’ भुजेलले राष्ट्रियतामाथिको खतरालाई हटाउन युरोपबाट आन्दोलनलाई जोड दिनुपर्ने बताउनुभयो ।
मोर्चाका सचिव तुलसी अम्गाईंले सञ्चालन गर्नुभएको सो कार्यक्रममा संयुक्त नेपाली मोर्चा युरोपको अध्यक्ष नवीन सापकोटाले अध्यक्षता गर्नुभएको थियो । उहाँले संयुक्त नेपाली मोर्चा युरोपले राष्ट्रियता र अग्रगमनका पक्षमा हुने कार्यक्रमलाई समर्थन गर्ने बताउँदै राष्ट्रियताको विरुद्धमा हुने षड्यन्त्रका विरुद्ध पूरा युरोपबाट आन्दोलनको आँधीबेहरी सिर्जना गरिने बताउनुभयो । संयुक्त नेपाली मोर्चा, युरोपका केन्द्रीय कोषाध्यक्ष दधिराज घिमिरेले कार्यक्रमका सहभागीलाई स्वागत गर्नुभएको थियो । प्रमुख अतिथि न्यौपानेले कार्यक्रममा सहभागीहरूले राखेका जिज्ञासाको उत्तर दिनुभएको थियो ।

Comments »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2008/08/06/p428/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft