Google
 

October 30, 2008

गौतम सेना समायोजन समितिमा संयोजक

सरकारले उपप्रधान तथा गृह मन्त्री वामदेव गौतमको संयोजकत्वमा ५ सदस्यीय सेना संयोजन समिती गठन गर्ने निर्ण्र्ाागरेको छ ।

आज विहान वसेको मन्त्री परिषद राजनितिक समीतिकोे बैठकले लामो समयदेखि शिविरमा रहेका जनमुक्तिसेना समायोजन समिती गठन गरेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा विहान ११ बजेवसेको वैठकले एमालेका तर्फाट गृहमन्त्री वामदेव गौतमलाई संयोजक को जिम्मेवारी दिएको छ भने नेकपा माओवादीका तर्फाट रक्षा मन्त्री राम बहादुर थापा वादल र शान्ती मन्त्री जनार्दन शर्मा प्रभाकरलाइ समितीको पदेन सदस्य तोकेको छ ।

त्यसैगरि मधेशी जन अधिकार फोरमका तर्फाट महम्मद हवि मु ल्लाको नाम विशेष समितीका लागी सिफारिश गरेको छ । विशेष समितीका लागी नेपाली काँग्रेसका तर्फाट एक जना राख्ने निर्ण्र्ााभएको सुचना तथा संचार मन्त्री कृष्ण वहादुर महराले जानकारी दिनुभयो ।

तर नेपाली कांग्रेसले भने त्यसका लागी अहिलेसम्म नाम पठाइसकेको छैन ।

सेना समायोजन विशेष समितीले आगामी ६ महिना भित्र समायोजनका सवैप्रकृयाको प्रतिवेदन सरकारलाइ वुझाइसक्ने छ ।

साथै समितीले राष्ट्रिय समाचार समितिको अध्यक्षमा कोमल बराल ,प्रेस काउन्सीलमा नारायण शर्मा र सञ्चारमन्त्रीको सल्लाहकारमा नरेन्द्र जंग पिटरलाई नियुक्त गर्ने निर्ण्र्ाागरेको छ ।

आजकै बैठकले जनकपुर चुरोट कारखाना,उदयपुर सिमन्ट कारखाना, हेटौंडा सिमेन्ट कारखाना, घरेलु तथा साना उद्योग विकास समीति र नेपाल वायु सेवा निगमलगाएतका संस्थानहरुमा पनि नयाँ नियुक्ति गरेको छ ।

October 23, 2008

Blood and Honour raids and arrest

Three people have been arrested for allegedly organising neo-Nazi concerts.

22 October 2008

The federal judicial authorities and the judicial authorities of Kortrijk and Veurne (West Flanders) have arrested three people who allegedly organised neo-Nazi concerts. An investigation has been launched.

The arrests were made after police raided several houses in Antwerp, Bocholt (Limburg province) and Gullegem (West Flanders). Inspectors also seized computers and documents.

The three have been taken in for questioning. Two of them were released later today.

The official charge is violation of anti-racism laws during the organisation of neo-Nazi Blood and Honour concerts in Diksmuide (West Flanders) last weekend and in Bellegem (West Flanders, near Kortrijk) last April. The suspects possibly organised other concerts as well.

The investigation started after a German undercover journalist attended the Blood and Honour concert in Bellegem to make a tv-report. The judicial authorities have seized tv-footage from the gathering.

Undercover police officers attending also noticed violations of racism laws. “Some were declaiming racist texts and others gave the Hitler salute”, says Eric Van der Sypt of the federal judiciary.

Accident case in Kathmandu

काठमाडौं, ६ कात्तिक
राजधानीका सडकमा दैनिक तीन लाख ७० हजार सवारीसाधन गुड्छन्, जसमध्ये औसत आठवटा सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुुसार पछिल्लो तीन वर्षमा नौ हजार पाँच सय ५६ सवारी दुर्घटना भए । सबैभन्दा लोकपि्रय सवारीसाधन मोटरसाइकल नै सबैभन्दा बढी दुर्घटनामा पर्ने गरेको महाशाखाको अध्ययनले देखाएको छ । काठमाडौंमा दैनिक गुड्ने सवारीसाधनमध्ये मोटरसाइकलको संख्या मात्रै दुई लाख छ । तीन वर्षको अवधिमा तीन हजार नौ सय ९७ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । मोटरसाइकलपछि ट्रकको संख्या बढी छ । तीन वर्षमा आठ सय ५२ वटा ट्रक र दुई सय ८२ वटा टेम्पो दुर्घटनामा परेका थिए ।

तीन वर्षको तथ्यांकले प्रत्येक वर्ष दुर्घटनाको संख्या बढेको देखाउँछ । ०६२/०६३ मा दुई हजार आठ सय ३१ वटा सवारी दुर्घटना भएकोमा ०६३/०६४ मा बढेर तीन हजार दुई सय ३३ दुर्घटना भए । यस्तै, ०६४/०६५ मा तीन हजार चार सय ९२ वटा दुर्घटना भएका थिए । यस वर्षको भदौ र असोज महिनामा तीन सय ७५ सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । ०६२/०६३ मा ९३ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएकोमा ०६३/०६४ मा पनि ९३ जनाकै मृत्यु भएको थियो । तर, ०६४/०६५ मा बढेर एक सय २० जनाको मृत्यु भयो । चालू आर्थिक वर्षको दुई महिनामै ५५ जनाको मृत्यु भइसकेको छ ।

चालू वर्ष भदौ र असोजमा तीन सय ७५ सवारी दुर्घटना भए । महाशाखाको तथ्यांकअनुसार साप्ताहिक रूपमा आइतबार सबैभन्दा बढी दुर्घटना हुने गरेका छन् भने शनिबार सबैभन्दा कम । दुई महिनाको अवधिमा भएका दुर्घटनामध्ये आइतबार ७५ र शनिबार १० वटा मात्र दुर्घटना भएका छन् । तथ्यांकअनुसार सोमबार ६६, मंगलबार ६०, बुधबार ५५, बिहीबार ४८ र शुक्रबार ५४ वटा सवारी दुर्घटना भएका छन् ।

दुर्घटनाको समयअनुसार दिउँसो १२ बजेदेखि ६ बजेभित्र सबैभन्दा धेरै दुर्घटना हुने गरेको अध्ययनले देखाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले २४ घन्टालाई तीन भागमा विभाजन गरी गरेको अध्ययनअनुुसार दुई महिनाको अवधिमा मध्याह्न १२ बजेदेखि ६ बजेभित्र एक सय ५८ वटा सवारी दुर्घटना भएका थिए । यस्तै, बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्ममा एक सय ३० र बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म केवल ८७ वटा मात्र दुर्घटना भएका छन् ।

‘प्रत्येक वर्ष सवारी चापसँगै दुर्घटना बढेको छ,’ मुद्दा शाखाका प्रहरी निरीक्षक राजन भेटवालले भने । दुर्घटनाको संख्यासँगै सवारी दुर्घटनामा मृत्यु हुने र गम्भीर घाइते हुनेहरूको संख्यासमेत बढेको छ । प्रत्येक माहिना औसत १० जना दुर्घटनामा परेर मर्ने गरेको अध्ययनबाट पत्ता लागेको छ । यसमा बालबालिकाको संख्या उल्लेख्य छ । भेटवाल बढ्दो सवारी चाप र चालकको लापरबाही दुर्घटना बढ्नुको कारण रहेको बताउँछन् । ट्राफिक नियम पालना नगर्ने, स्वरूप परिवर्तन गर्ने र स्पिड नियन्त्रण नगर्ने कारण मोटरसाइकलको दुर्घटना बढी हुने गरेको उनको ठहर छ । महाशाखाले साप्ताहिक रूपमा सवारी दुर्घटनाको समीक्षा गरी रणनीति बनाएको छ । तर, तीन जिल्लाका लागि आठ सय ८७ मात्र ट्राफिक छन् । यसको एकतिहाई संख्या काठमाडौंका सडकमा खटिने गरेको छ ।



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft