गौतम सेना समायोजन समितिमा संयोजक
सरकारले उपप्रधान तथा गृह मन्त्री वामदेव गौतमको संयोजकत्वमा ५ सदस्यीय सेना संयोजन समिती गठन गर्ने निर्ण्र्ाागरेको छ ।
आज विहान वसेको मन्त्री परिषद राजनितिक समीतिकोे बैठकले लामो समयदेखि शिविरमा रहेका जनमुक्तिसेना समायोजन समिती गठन गरेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा विहान ११ बजेवसेको वैठकले एमालेका तर्फाट गृहमन्त्री वामदेव गौतमलाई संयोजक को जिम्मेवारी दिएको छ भने नेकपा माओवादीका तर्फाट रक्षा मन्त्री राम बहादुर थापा वादल र शान्ती मन्त्री जनार्दन शर्मा प्रभाकरलाइ समितीको पदेन सदस्य तोकेको छ ।
त्यसैगरि मधेशी जन अधिकार फोरमका तर्फाट महम्मद हवि मु ल्लाको नाम विशेष समितीका लागी सिफारिश गरेको छ । विशेष समितीका लागी नेपाली काँग्रेसका तर्फाट एक जना राख्ने निर्ण्र्ााभएको सुचना तथा संचार मन्त्री कृष्ण वहादुर महराले जानकारी दिनुभयो ।
तर नेपाली कांग्रेसले भने त्यसका लागी अहिलेसम्म नाम पठाइसकेको छैन ।
सेना समायोजन विशेष समितीले आगामी ६ महिना भित्र समायोजनका सवैप्रकृयाको प्रतिवेदन सरकारलाइ वुझाइसक्ने छ ।
साथै समितीले राष्ट्रिय समाचार समितिको अध्यक्षमा कोमल बराल ,प्रेस काउन्सीलमा नारायण शर्मा र सञ्चारमन्त्रीको सल्लाहकारमा नरेन्द्र जंग पिटरलाई नियुक्त गर्ने निर्ण्र्ाागरेको छ ।
आजकै बैठकले जनकपुर चुरोट कारखाना,उदयपुर सिमन्ट कारखाना, हेटौंडा सिमेन्ट कारखाना, घरेलु तथा साना उद्योग विकास समीति र नेपाल वायु सेवा निगमलगाएतका संस्थानहरुमा पनि नयाँ नियुक्ति गरेको छ ।
