बेल्जियममा प्रगतिशील महिलाहरु एकजुट
बेल्जियम, १९ कात्तिक : नेपाली प्रगतिशील महिला मञ्च, बेल्जियमको प्रथम अधिवेशन कल्पना मगरको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गर्दै सम्पन्न भएको छ ।
एक सदस्य पछि थप्ने गरी निर्वाचित भएको कार्यसमितिको उपाध्यक्षमा निर्मला बजगाईं, सचिवमा सुशीला पराजुली र कोषाध्यक्षमा भवानी घिमिरे निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा लक्ष्मी पौडेल, लक्ष्मी सुवेदी, लक्ष्मी पौडेल, सुशीला आचार्य, सुनिता श्रेष्ठ, सरस्वती पोखरेल, दुर्गा तिवारी, माया मगर, चिजकुमारी गुरुङ, सुष्मा भुसाल, निशा मगर, समिता सुवेदी, रश्मी न्यौपाने र इन्दिरा पौडेल रहनुभएको छ ।
अधिवेशनको उद्घाटन सत्रमा संयुक्त नेपाली मोर्चाका सल्लाहकार सुरेन्द्र भुसालले आफ्ना हक र अधिकारका लागि सङ्गठित हुन महिलाहरूले गरेको प्रयासको सराहना गर्नुभयो ।
संयुक्त नेपाली मोर्चाकी महिला प्रतिनिधि सुष्मा भुषालले नेपाली महिलाहरूले अहिले पनि पुरुषको दासका रूपमा रहनुपरेको बताउनुभयो ।
सिकलेस पार्चे कल्याण कोषका होम गुरुङले नेपालमा महिला अधिकार दिइए पनि महिलाको पूर्ण मुक्ति नभएकाले आन्दोलन अघि बढाउनुपर्ने बताउनुभयो । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष पीजी शेर्पाले महिला मुक्तिका लागि हुने आन्दोलनमा आफ्नो पूर्ण समर्थन र ऐक्यबद्धता सधैं रहने बताउनुभयो ।
कार्यक्रममा नेपाली व्यापारी सङ्घका कमल भारती, नेपाली जनसम्पर्क समितिका गंगाधर गौतम, चितवन सहायता कोष, बेल्जियमका टीका पौडेल, विश्व मगर सङ्घ बेल्जियमबाट कुलबहादुर मगर, नेपाली थारु समाजका सोम थनेत, नेपाली समुदाय सङ्घर्ष समितिका अध्यक्ष लिलाधर पन्त, मगरात मुक्ति मोर्चाका वीरमान घर्तीमगर, नेपाली जनजाति सरोकार मञ्च, युरोपका अध्यक्ष रामबहादुर गुरुङ, नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चाका महासचिव कृष्ण तिवारी, नेपाली जनप्रगतिशील मञ्च बेल्जियमका अध्यक्ष विष्ण्ुँ भुजेल, तमु समाज बेल्जियमका प्रतिनिधि विपिन तमुले आधा धर्ती ओगट्ने महिलाहरूको हक, अधिकार र मुक्तिका लागि स्थापित भएको नेपाली प्रगतिशील महिला मञ्चको उत्तरोत्तर प्रगतिको कामना गर्दै अधिवेशनको सफलताको कामना गर्नुभएको थियो ।
इन्सोफ जर्मनी र इन्सोफ स्वीसबाट समेत अधिवेशनको सफलताको शुभकामना सन्देश प्राप्त भएका थिए ।
उद्घाटन सत्रकी अध्यक्ष एवम् मञ्चकी अध्यक्ष कल्पना मगरले देशमा महिला अधिकारको कुरा गरिए पनि पितृसत्तात्मक राज्यले महिलाको अश्मितामाथि ठाडो प्रहार गरेको बताउँदै नेपाली चेलीहरूलाई विविध प्रकारबाट नाङ्गो बनाउने कार्य रोकिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सहभागीहरूलाई स्वागत गर्दै मञ्चकी सदस्य निर्मला बजगाईंले सदियौं वर्षदेखि सामन्तवादी राज्यसत्ताले महिलाहरूलाई हक, अधिकारबाट वञ्चित गर्दै आए पनि दसबसर्ेे जनयुद्धले महिलामुक्तिका लागि ठूलै फड्को मारेको बताउनुभयो ।
कार्यक्रम मञ्चका सदस्यद्वय दुर्गा तिवारी र सुशीला भुजेलले सञ्चालन गर्नुभएको थियो भने नवगठित कार्य समितिलाई जनजाति सरोकार मञ्च, बेल्जियमका अध्यक्ष रामबहादुर गुरुडले बधाई दिनुभएको थियो ।
