Google
 

March 25, 2009

नेपाली जनप्रगतिशील मंच, वेल्जियमको आठौं वार्षिक भेला सम्पन्न

नेपाली जनप्रगतिशील मंच, वेल्जियमको आठौं वार्षिक भेला सम्पन्न

२२ मार्च २००९ का दिन नेपाली जनप्रगतिशील मंच, वेल्जियमको आर्ठौ वार्षिक भेला बेल्जियमको आन्तवयरपेन शहरमा “नयाँ नेपालको संबिधान निर्माण अभियानमा सहभागी बनौं, नेपाली जनताको संघिय लोकतान्त्रिक राष्ट्रिय गणतान्त्रिक नेपालको निर्माणमा प्रतिवद्धता जाहेर गरौ ” भन्ने नाराको मुल मर्मलाई पक्रदै ठूलो संख्यामा नेपालीहरुको विचमा भव्य रुपमा सम्पन्न भएको छ ।

सो कार्यक्रमको उद्‍घाटन मैनवत्ती बालेर नेपालबाट वेल्जियममा प्रमुख अतिथिको रुपमा आउनु भएका एकिकृत नेकपा माओवादीका केन्द्रिय सचिवालय सदस्य क. नेत्र विक्रम चन्द (क. विप्लव )ले गर्नुभएको थियो। उक्त कार्यक्रममा बेल्जियम तथा यूरोप भरि गरि करिब ४ दर्जन भन्दा बढी नेपाली तथा विदेशी संघ संगठनहरुलाई आमण्त्रण गरिएको थियो भने बेल्जियम तथा यूरोप स्तरिय गरि करिब २ दर्जन भन्दा वढि संघ संगठनका नेतृत्व तथा प्रतिनिधिहरुको उपश्थिति रहेको थियो र एकिकृत नेकपा माओवादीका सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख चन्द्र प्रकाश गजुरेल(क. गौरब)ले पठाउनु भएको भेलाको शुभकामना पत्र सहित अन्य करिव १ दर्जन संघ सगठनहरुको तर्फबाट प्राप्त शुभकामना पत्र पढेर सुनाइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एकिकृत नेकपा माओवादीका केन्द्रिय सचिवालय सदस्य क. नेत्र विक्रम चन्दले एकिकृत नेकपा माओवादी नेपालको लागि मात्र नभै विश्वका लागि पनि नयाँ सभ्यता र विचारको खोजीमा अगाडि बढिरहेको बताउँदै जसको विचार वैज्ञानिक र बस्तुबादी रहन्छ त्यहि विचारले नै नेपाली जनताको लागि मुक्ति दिन सक्दछ भन्नुभयो । अहिले नेपालमा एकिकृत नेकपा माओवादीको कांधमा संविधान लेखन, सेना समायोजन, आर्थिक रुपान्तर र राज्यको पुनर्संरचना जस्ता मुल मुद्धामा केन्द्रित छ तर यथास्थितिवादी राजनैतिक शक्तिहरु र अन्तर्राष्ट्रिय शक्तिहरुको इशारा र चलखेल कारणले माओबादीलाई घेरावन्दी गरियो भने वाध्यात्मक अबश्थामा परिवर्तनकामी नेपाली जनताको अर्को शसक्त नयाँ जस्तो सुकै संघर्ष हुन सक्ने दावी गर्दै नेपाली जनतालाई निराशा तर्फ धकेल्ने प्रयत्न गरेकाले त्यसमा स्वदेश तथा विदेशमा रहनु भएका नेपालीहरुले नयाँ नेपालको हरेक क्षेत्रमा सहयोग र समर्थन गर्न आव्हान गर्नु भयो ।

सोही अवसरमा नेपाली एकता मंच, बेल्जियमका अध्यक्ष जित बहादुर लामाले आफ्नो मन्तव्यका क्रममा प्रवाशमा रहेको नेपाली एकता मंच विचार र नितिगत कुराह रु सबै नेपाली जनप्रगतिशील मंचसंग एउटै भएकोले आजका मितिबाट नै विघटन गरि नेपाली जनप्रगति शील मंच, बेल्जियममा समाहित भै एकिकरण भएको घोषणा गर्नु भएको थियो भने डव्लु पि आर ब्रिटेनका प्रतिनिधिले एकिकृत नेकपा माओबादीको हरेक गतिविधिमा सहयोग रहने र मंचको भेलाको सफलताको कामना गर्नु भएको थियो ।

कार्यक्रममा नेपाली जनप्रगतिशील मंच, बेल्जियमका अध्यक्ष विष्णु भुजेल, संयुक्त नेपाली मोर्चा, युरोपका अध्यक्ष नविन सापकोटा, नेपाली जनजाति सरोकार मंच, युरोपका अध्यक्ष रामबहादुर गुरुङ, नेपाली संविधान सुझाब समिति, युरोपका संयोजक सुरेन्द्र भुसाल, नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, बेल्जियमका अध्यक्ष कृष्ण तिवारी, नेपाली जनजाति सरोकार मंच, बेल्जियमका अध्यक्ष गम बहादुर गुरुङ, नेपाली प्रगतिशील महिला मंच, बेल्जियमकी अध्यक्ष कल्पना मगर, मगरात मुक्तिमोर्चा , युरोपका विरमान घर्तिमगर, नेपाली थारु समाज युरोपका संयोजक सोम नारायण थनेत, नेपाली जन सम्पर्क समितिका अध्यक्ष गंगाधर गौतम, एन डि एफ का अध्यक्ष तुलसी नाथ सुवेदी लगायतका बक्ताहरुले जनप्रगतिशील मंच, बेल्जियमको विगतका गतिविधि र भुमिकाको बारेमा, नेपालमा बन्न गैरहेको संविधानमा प्रवाशी नेपाली र समस्त नेपाली जनताको पक्षमा बन्नु पर्ने, राष्ट्रिय राजनितिको बारेमा प्रबाशबाट सबैले सहयोग गर्नु पर्ने, नेपालको संघिय लोकतान्त्रिक गणतन्त्र राज्य घोषणा गर्नमा एकिकृत नेकपा माओबादीकै जगमा १९ दिने जनआन्दोलन सम्पन्न भएको थियो र नेपालका तत्कालिन ७ राजनैतिक पार्टीहरुलाई गणतन्त्रको पक्षमा ल्याउने काम माओवादीको पहलबाट भएको, नेपाली जनताको लागि जन संविधान बन्नु पर्ने, जाति, भाषा, धर्म र लिंगका आधारमा कुनै जाति र वर्गको सिमाङकन नहोस , प्रवाशी नेपालीहरुले नेपालको लागि खेल्नुपर्ने भुमिका लगायतका समसामयिक विषयहरुको बैचारिक एवं शुभकामना मन्तव्य राख्नुभएको थियो भने सोही कार्यक्रममा एन आर एन आई सी सी बेल्जियमका सदस्य रविन्द्रमान श्रेष्ठ, नेपाली समुदाय संघर्ष समितिका संयोजक तथा एन आर एन बेल्जियमका उपाध्यक्ष लिला धर पन्त, म्याग्दी समाजका अध्यक्ष शिव बरुवाल, तमु समाज बेल्जियमका महा सचिब होम गुरङ , विश्व मगर महासंघ बेल्जियमका अध्यक्ष मार्के मगर ,नेपाली राजदुताबास बेल्जियमकी प्रतिनिधि प्रथमा उप्रेति, इन्द्रधनुष स्पोट्‍र्स क्लबका अध्यक्ष मीन बहादुर गुरुङ, चितवन सहायताकोष बेल्जियमका महासचिब टिका पौडेल, नेपाली व्यापारी व्यावसायी संघ, बेल्जियमका अध्यक्ष अर्जुन श्रेष्ठ, एन आर एन बेल्जियमकी प्रतिनिधि अनुजा प्रधान, पासापुच बेल्जियमकी अध्यक्ष रजनी श्रेष्ठ लगायतका महानुभाबहरुले मंचको भेलाको बारेमा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

उक्त भेलाको खुला शत्रमा नेपाली जनप्रगतिशील मञ्चको सांस्कृतिक टोली जिवन श्रेष्ठ, रमेश कार्की, कुलबहादुर मगर, निशा आले, कल्पना मगर, इन्द्र न्यौपाने, सोनिया थनेत, गंगा शर्मा, जमुना शर्मा, मिलन गुरुङ,मेरिना र बालकलाकारमा चांदनी भुजेल, सुरुची सुवेदी, सन्ध्या सुवेदी, लेना वजगांई, अप्सरा रिमाल,तारा रिमाल, अनुष्का आचार्यबाट जनताको भावनासंग गांसिएका प्रगतिशील गित तथा बालकलाकारहरुबाट रोचक नृत्यहरु प्रदर्शनी गरिएका थिए । उक्त आठौं ऐतिहासिक वार्षिक भेला कार्यक्रमको उपश्थित महानुभाबहरुलाई स्वागत मन्तव्य मंचका उपाध्यक्ष चित्र सुवेदीले गर्नुभएको थियो भने अतिथिहरुलाई मंचका सदस्यहरु तथा स्वयम सेवकहरु मित्रहरुबाट व्याच तथा खानपिनको समेत वितरण गरिएको थियो ।

उक्त खुला शत्र कार्यक्रमको अध्यक्षता मंचका अध्यक्ष विष्णु भुजेलले गर्नुभएको थियो भने कार्यक्रम संचालन महासचिव दधि राज घिमिरेले गर्नुभएको थियो ।

March 19, 2009

नेविसंघ २६ अनेरास्ववियु १७ र क्रान्तिकारी २३ स्थानमा विजयी

नेविसंघ २६ अनेरास्ववियु १७ र क्रान्तिकारी २३ स्थानमा विजयी
१९मार्च,२००९
काठमाडौं-त्रिभुवन विश्वविद्यालयका ६० आंङ्गकिसहित देशभरका ३ सय भन्दा बढी क्याम्पसहरुमा भएको स्ववियु निर्वाचनको परिणाम आउने क्रम जारी छ ।

केही क्याम्पसहरुमा बिद्यार्थी संगठनहरुबीच विवादका कारण स्ववियु निर्वाचन स्थगित गरिएको छ । विवादका कारण राजधानीका पाँच प्रमुख क्याम्पसमा निर्वाचन स्थगित भएको छ । पदमकन्या, विश्वभाषा, आरआर, नेपाल ल र सरस्वती क्याम्पस गरि पाँच क्याम्पसमा निर्वाचन स्थगित भएको छ ।

पछिल्लो परिणाम अनुसार काँग्रेस निकट नेविसंघ र माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी दोस्रो अग्रस्थानमा रहेका छन् भने एमाले निकट अनेरास्ववियु तेश्रो स्थानमा छ । पछिल्लो परिणाम अनुसार कोटेश्वर बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानल विजयी भएको छ । यस्तै ललितपुरको लुभुस्थित महालक्ष्मी क्याम्पस र काभ्रेको देउरालीस्थित वावा बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल बिजयी भएको छ । यस्तै काभ्रेको कानपुर क्याम्पस, धुलिखेल क्याम्पस र ढिकिथुम्का क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानल निर्वाचित भएको छ ।

धुलिखेलमा नेविसंघका सभापति र ढिकीथुम्कामा अनेरास्ववियुका सभापति निर्वाचित भएका छन् । काभ्रेको संजिवनी कलेज र काठमाडौंको भद्रवास स्थित शहीद आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको छ ।

धनकुटाको जितपुर क्याम्पसमा क्रान्तिकारी र अनेरास्ववियुको संयुक्त प्यानल विजयी भएको छ । मकवानपुरको पालुङ क्याम्पस र काठमाडौंको शहिद मनोहरा क्याम्पसमा क्रान्तिकारीको प्यानल विजयी भएको छ । पाल्पाको माण्डव्य बहुमुखी र उच्चबुद्ध क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको छ । चितवनको दिब्यनगर र पटीयानी क्याम्पसमा क्रान्तिकारी र अनेरास्ववियुको संयुक्त प्यानल निर्वाचित भएको छ । दुवै क्याम्पसमा क्रान्तिकारीका सभापति छन् ।

त्यस्तै प्युठान क्याम्पसमा पनि अनेरास्ववियुको प्यानल विजयी भएको छ । लमजुङको मंगल क्याम्पस र सूर्यपालमा सभापति सहित सात पद र पुष्पलता क्याम्पस रम्घामा सभापति सहित पाँच पदमा नेविसंघ विजयी भएको छ । लमजुङकै इशानेश्वर क्याम्पसमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल विजयी भएको छ । सुर्खेतको जनता बहुमुखी क्याम्पसमा सभापति र एक सदस्य अनेरास्ववियु र बाँकी सबै पदमा नेविसंघ विजयी भएको छ । भैरहवाको रुपन्देही क्याम्पसमा सदभावना पार्टी निकट नेपाल विद्यार्थी मञ्चको प्यानल विजयी भएको छ ।

सैनिक अधिकारीहरुको पदावधि थपिन्न

सैनिक अधिकारीहरुको पदावधि थपिन्न: प्रधानमन्त्री

सेनाका आठ बरिष्ठ जेनरलहरूको पदावधि गत आइतबार नै समाप्त भएको थियो
वरिष्ठ सैनिक अधिकारीहरुको पदावधि थप्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गरेको आग्रह प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले अस्वीकार गरिदिएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार ओम शर्माका अनुसार नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासंगको भेटमा प्रधानमन्त्रीले उक्त जानकारी दिएका हुन्।

आठजना सहायक रथी (व्रिगेडियर जनरल) हरुको तीन वर्षे म्याद नथपेकोमा सरकारमाथि चर्को दबाब बढाउने अभियानको अगुवाइ गरिरहेका कोइराला र प्रधानमन्त्री प्रचण्डबीच कोइराला निवासमा बिहीबार भेट भएको थियो।

कोइरालाले आफूलाई भेटन पुगेका प्रधानमन्त्रीलाई शुरुमै सैनिक अधिकारीहरुको पदावधि नथपेको बारेमा असन्तुष्टि, आक्रोश र गुनासोयुक्त प्रश्न गरेका थिए।

जवाफमा प्रधानमन्त्रीले नयाँलाई अवसर दिने आफ्नो शुरुदेखिको नीति अनुसार नै म्याद थप नगरिएको बताएको उनका प्रेस सल्लाहकार शर्माले बताए।

प्रधानमन्त्रीलाई उद्धृत गर्दै उनले भने, “सेनाको मनोबल गिराउने नियत हैन। यो नियमति र सहज प्रकृया हो।”

अवकास पत्र

उक्त भेटपछि मात्र रक्षा मन्त्रालयले आठजना सहायक रथीलाई अवकास दिइएको पत्र सैनिक मुख्यालयलाई पठाएको छ।

उनीहरुको पदावधि गत आइतबारदेखि नै सकिएको थियो।

कोइरालाले भने साँझ पनि सरकारको दोश्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीमाथि दबाब बढाउन आग्रह गरिरहेका थिए।

प्रतिउत्तरमा खनालले सरकारी निर्णय प्रकृयाप्रति असन्तुष्टि जनाएको बुझिएको छ।

कांग्रेस प्रवक्ता अर्जुन नरसिंह केसीले भने, “सेनाको संस्थागत विकास, त्यसले प्राप्त गरेको राष्ट्रिय-अन्तराष्ट्रिय साख र व्यवसायिक प्रतिष्ठाको संरक्षण गर्न संवैधानिक र राजनीतिक प्रकृयाबाट के गर्नुपर्छ भन्नेमा सल्लाह सहित अगाडि बढ्छौँ।”

कोइरालाले बुधवार पनि विभिन्न दलका नेताहरुसंग सामूहिक छलफल गरेका थिए।

बुधबारको छलफलका एकजना सहभागी भूतपूर्व प्रधानमन्त्री सूर्यवहादुर थापाले बिहीबार एउटा वक्तव्य मार्फत सैनिक अधिकारीहरुको म्याद थप नगर्नुलाई ‘नेपाली सेना ध्वस्त गर्ने योजनाको एउटा अंग’ भएको बताएका छन्।

March 17, 2009

देशभरका क्याम्पसहरुमा निर्वाचनको रौनक

देशभरका क्याम्पसहरुमा बिभिन्न बिद्यार्थी संगठनहरु स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनको अन्तिम तयारीमा जुटेका छन् ।
मंगलबार प्रचार प्रसारको अन्तिम दिन संगठनहरुले बिभिन्न सभा, सांगितिक कार्यक्रमहरुको आयोजना गरेका छन् भने प्रदर्शन र र्यालीहरु पनि आयोजना गरिएका छन् । सोही कारण राजधानी लगायत देशभरको बातावरण रङगिएको छ । निर्वाचनकै बिषयलाई लिएर बिभिन्न बिद्यार्थी संगठनहरुबीच व्यापक झडपहरु भएका छन् । सोहीकारण राजधानी लगायत देशका केही क्याम्पसहरुमा निर्वाचनहरु समेत स्थगित भएका छन् । यसपल्टको निर्वाचनमा अनेरास्ववियु, अनेरास्वबियू क्रान्तिकारी र नेबिसंघबीच तीब्र प्रतिस्पर्धा हुने देखिएको छ । ती बिद्यार्थी संगठनहरुले आआफ्नै बिजयको दावी गरिरहेका छन् । राजधानीको त्रिबि, आरआर, नेपाल ल, पद्यमकन्या, पाटन, अस्कल, त्रिचन्द्र, मीनभवन, बानेश्वर, ताहचल क्याम्पसहरुमा निर्वाचनको ठूलो रौनक देखिएको छ । ती क्याम्पसहरुको बिभिन्न बिद्यार्थी संगठनहरुले आआफ्नै प्यानल खडा गरी चुनाब प्रचारमा व्यस्त रहेका छन् । चुनावी रौनकका कारण संगठनका माउ पार्टीका नेताहरु, मन्त्रीहरु पनि प्रचारप्रसारमै व्यस्त रहेका छन् ।

March 16, 2009

नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, वेल्जियमको प्रथम अधिवेशन भव्य रुपमा सम्पन्न

मार्च १६, २००९

१५ मार्च २००९ का दिन नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा,वेल्जियमको प्रथम अधिवेशन बेल्जियमको आन्तवयरपेन शहरमा “संघिय लोकतान्त्रिक राष्ट्रिय गणतान्त्रिक नेपालको संस्थागत बिकास गरौं र्,अर्ध सामान्ती, औपनिवेशिक शोषणबाट नेपाललाई मुक्त गरौं” भन्ने नाराको मुल मर्मलाई पक्रदै ठूलो संख्यामा नेपालीहरुको विचमा भव्य रुपमा सम्पन्न भएको छ । सो कार्यक्रमको उद्घाटन मैनवत्ती बालेर नेपालबाट यूरोप भ्रमणको शिलशिलामा आउनु भएका एकिकृत नेकपा माओवादीका क्षेत्रिय व्यूरो नेता इश्वर पौडेलले गर्नुभएको थियो । उtm कार्यक्रममा बेल्जियम तथा यूरोप भरि गरि करिब ५० नेपाली तथा विदेशी संघ संगठनहरुलाई आमण्त्रण गरिएको थियो भने बेल्जियम तथा यूरोप स्तरिय गरि करिब २ दर्जन संघ संगठनका नेतृत्व तथा प्रतिनिधिहरुको उपश्थिति रहेको थियो र करिव १ दर्जन संघ सगठनहरुको तर्फबाट शुभकामना पत्र पढेर सुनाइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी एकिकृत नेकपा माओवादीका क्षेत्रिय व्यूरो नेता इश्वर पौडेलले यथास्थीतीवादी शक्तिहरु नेपाली जनतालाई निराशा तर्फधकेल्ने प्रयात्न गरेका छन भन्नु भयो । साथै वाहाले नेपाली जनताको अधिकारकोलागी यूरोपबाट गरीएका कामहलाई सलाम गर्दछु भन्नु भयो र नेपालमा हुने गरेका बिदेशी चलखेलका बिरुद्ध अझ संसक्तरुपले नेपाली जनताको आन्दोलनलाई साथ दिनु पर्ने औल्याउनु भयो ।साथै कार्यक्रममा नेपाली जनप्रगतिशील मंच,बेल्जियमका अध्यक्ष विष्णु भुजेलले नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा,वेल्जियम राजनैतिकरुपले सवैको साझ संगठन भएको बताउनु भयो । मन्तब्यकै क्रममा संयूtm नेपाली मोर्चाका तर्फाट कोषाध्यक्ष दधिराज घिमिरले गणतान्त्रिक मोर्चा अव साम्राज्यबादी तथा बिस्तारवादी बिरोधि मोर्चाको रुपमा बिकाश गर्नु पर्ने धाराणा राख्नु भयो । आप\mनो धारणा राख्ने क्रममा जनजाति सरोकार मंच यूरोपका अध्यक्ष राम बहादुर गु रुङ्गले नेपाली जनताको चाहाना भनेको जनवादी गणतन्त्र भएकोले यस मोर्चाको आन्दोलन जनवादी गणतन्त्रलाई केन्द्रित गर्दै अगाडी बढ्नु पर्ने आप\mनो बिचार राख्नु भयो
उtm कार्यक्रममा भाग लिनेहरुमा नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, पोर्चुगलका प्रतिनिधि प्रेम परियार,नेपाली व्यापारी संघ बेल्जियमका अध्यक्ष अर्जुन श्रेष्ठ,पा सापुच बेल्जियमका प्रतिनिधि र्सर्ुयमान श्रेष्ठ, नेपाली मगरात मुtmि मोर्चा,बेल्जियमका विरमान र्घर्तिमगर,एन आर एन आई सी सी सदस्य बेल्जियमका रविन्द्र मान श्रैष्ठ, एन आर एन यूरोप सह संयोजिका जानकी गु रुङ्ग, एन आर एन बेल्जियमका अध्यक्ष पि.जी शर्ेपा,चितवन सहायता कोष बेल्जियमका महा सचिब टिका पौडेल,विश्व मगर महा संघका प्रतिनिधि कुल बहादुर मगर, सिक्लेश पार्चे कल्याण कोष तथा नेपाली जनजाति सरोकार मंचका अध्यक्ष गम बहादुर गु रुङ्ग,नेपाली समुदाय संर्घष्ा समितिका संयोजक लिलाधर पन्त,नेपाली था रु समाज यूरोपका संयोजक सोम नारायण थनेत,नेपाली एकता समाज बेल्जियमका अध्यक्ष जित बहादुर लामा,नेपाली प्रगतिशील महिला मंच बेल्जियमकी अध्यक्ष कल्पना मगर,नेपाली राजदूतावास बेल्जियमका प्रतिनिधि प्रथम सचिब दर्ुगार् भण्डारी, नेपालको संविधान सुझाब समिति यूरोपका संयोजक सुरेन्द्र भुसाल, एन डि एफ बेल्जियमका अध्यक्ष्ँ तुल सी नाथ सुवेदी,नेपाली जन सर्म्पर्क समिति बेल्जियमका अध्यक्ष गंगाधर गौतमनेपाली जनजाति सरोकार मंच यूरोपका अध्यक्ष राम बहादुर गु रुङ्ग, संपर्ुण्ा बक्ताहरुले नेपालको बर्तमान संक्रमणकलिन राजनैतिक अबश्था, नया” निर्माण गरिने संविधान र प्रवाशी नेपालीह रुले नेपालको लागि खेल्नुपर्ने भुमिका लगायतका समसामयिक विषयह रुका साथै शुभकामना मन्तव्य दिनु भएको थियो ।
उtm अधिवेशनको दोश्रो शत्रमा मोर्चाको अवधारणा पत्र र भावी कार्यनिती सम्बन्धमा संयोजक कृष्ण तिवारी,विधान मस्यौदा सदस्य राज कुमार पुडासैनि बाट प्रस्तुत गरिएकोमा केहि शव्द चयन मिलान गर्ने र विधानको उद्धेश्यमा थप गर्ने गरि हल बाट र्सव सम्मतिले पारित गरियो । उtm वन्दशत्रमा छलफलको लागि राम बहादुर गु रुङ्गको अध्यक्षतामा दधि राज घिमिरे,कृष्ण तिवारी, चित्र सुवेदी र अर्जुन अधिकारी रहेको ५ सदस्यीय अध्यक्षमण्डलको निर्माण गरिएको थियो भने पि. जी. शर्ेपा-एन आर एन बेल्जियमका अध्यक्ष ),कल्पना मगर - नेपाली प्रगतिशील महिला मंच, बेल्जियमकी अध्यक्ष ) र गम बहादुर गुरुङ्ग - नेपाली जनजाति सरोकार मंच, बेल्जियमका अध्यक्ष )रहेको ३ सदस्यीय बनेको निर्वाचन समितिले मोर्चाको प्रस्तावित नया” कार्य समितिको नाम हलमा पेश गरिएकोमा सो नामावलीमा हल बाट र्सब सम्मतिले पास गरे पछि निर्विरोध निर्वाचित कार्य समितिको नामावली घोषणा गरेको छ । यसरी निर्वाचित समितिहरुमा अध्यक्ष -कृष्ण तिवारी .उपाध्यक्ष-अर्जुन अधिकारी,महासचिब- चित्र सुवेदी,सचिब- टिका पौडेल, कोषाध्यक्ष-मनिष गुरुङ्ग-भtm कोन), सदस्यहरुमा- .राजकुमार पुडासैनि,सुदेश पोखरेल,.देव राज पौडेल, ज्ञान बहादुर वि. क,विर मान र्घर्ती मगर,.लोक दहाल, कृष्ण अधिकारी ,श्री प्रसाद सापकोटा,जित बहादुर लामा, निष्मा गु रुङ्ग,नेत्र बहादुर मगर,राजेन्द्र देवकोटा,.दर्ुगा सुवेदी रहनु भएको १ जना कार्य समितिले पछि थप गर्ने गरिे १९ सदस्यीय कार्यसमिति बनेको समाचार प्रँप्त भएको छ ।ं
उtm प्रथम ऐतिहासिक अधिवेशन कार्यक्रमको उपश्थित महानुभाबहरुलाई स्वागत मन्तव्य भेला संयोजन समितिका सद स्य अर्जुन अधिकारीले गर्नुभएको थियो भने अतिथिह रुलाई मोर्चाका सद स्य द्धय मनिष गु रुङ्ग र लोक दहालले व्याच वितरण गरिएको थियो । खुला सत्रको शत्रको अध्यक्षता मोर्चाका संयोजक कृष्ण तिवारीले गर्नुभएको थियो भने कार्यक्रम संचालन मोर्चाका सदस्य चित्र सुवेदीले गर्नुभएको थियो ।

March 4, 2009

यूरोपमा नेपालको नयाँ संविधान निर्माणका लागि सुझाब समिति गठन

ब्रसेल्स,

निकट भविष्यमा नेपालमा बनाउन लागेको नया“ संविधानमा प्रवासमा रहेका हामी नेपालीहरुको साथै समस्त नेपाली जनताको हक अधिकारको सुनिश्चता गर्न गराउन तथा सबै वर्ग, जातिर्, धर्म, भाषा, लिङ्ग र क्षेत्र आदिलाई संमृद्ध वनाई स्वाभिमानका साथ नेपाल भित्रै बाच्न पाउने स्थितिको निर्माणको लागि संवैधानिक रुपमा विविध शिर्ष र आबश्यक बुंदाहरुमा केहि सुझावहरु दिनका लागि हाम्रो पनि दायित्व र जिम्मेवारी भएकोले संयुक्त नेपाली मोर्चा, यूरोपको पहलमा यूरोपमा रहेका बामपन्थि प्रगतिशील संगठनहरुको संयुक्त प्रयासमा प्रवासी नेपालीहरुको तर्फबाट संविधान सुझाब समिति यूरोपको गठन गरेको समाचार प्राप्त भएको छ।

संयुक्त नेपाली मोर्चा यूरोपका पूर्व अध्यक्ष सुरेन्द्र भुसालको संयोजकत्वमा सदस्यहरु राम बहादुर गुरुङ्ग (अध्यक्ष जनजाति सरोकार मंच, यूरोप), कृष्ण तिवारी (संयोजक नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, बेल्जियम ), विष्णु भुजेल (अध्यक्ष नेपाली जनप्रगतिशील मंच, बेल्जियम), सुरेश गौतम ( संयोजक नेपाली समाज, यूके), प्रभाखर शर्मा (अध्यक्ष अन्तरराष्ट्रियतावादी ऐक्यबद्धता संगठन , जर्मनी), गंगालाल श्रेष्ठ (अध्यक्ष नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, जर्मनी), अशोक चौलागार्इं (अध्यक्ष अन्तरराष्ट्रियतावादी ऐक्यबद्धता संगठन, स्वीजरल्याण्ड), अशोक घले (अध्यक्ष नेपाली जनप्रगतिशील मंच, फ्रान्स), तुलसी अमगाईं (संयोजक नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, नेदरल्याण्ड), वृख सुव्वा (अध्यक्ष जनजाति सरोकार मंच, नेदरल्याण्ड), राम बहादुर गौचन (अध्यक्ष नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा , पोर्चुगल), गम बहादुर गुरुङ्ग (अध्यक्ष जनजाति सरोकार मंच, वेल्जियम), राजेश खतिवडा (अध्यक्ष नेपाली जनप्रगतिशील शान्ति समाज, अष्ट्रिया), इश्वर श्रेष्ठ (अध्यक्ष नेपाली जनप्रगतिशील मंच, स्पेन), डा.कृष्ण अर्याल (संयोजक नेपाली समाज ,नर्वे), उदय राज गौतम (संयोजक नेपाली जनप्रगतिशील मंच, डेनमार्क), कल्पना मगर (अध्यक्ष नेपाली प्रगतिशील महिला मंच, बेल्जियम र कुल बहादुर मगर (संयोजक मगरात राष्ट्रिय संयुक्त मोर्चा इकाई समिति, बेल्जियम ) रहेको १९ सदस्यीय समिति बनेको छ।

यस समितिले यूरोपमा रहेका नेपालीहरु र अन्य नेपाली संघ संगठनहरु सँग सर्म्पर्क र समन्वय गरि नेपाली जनताको हक हित र प्रवासमा रहेका नेपालीहरुको हक अधिकार सम्बन्धि विषयहरुको बारेमा छलफल गरि संबैधानिक सुझाब संकलनको आफ्नो कार्य लाई अगाडि बढाएको छ। नया“ बन्ने संविधानका लागि तयार गरिने सुझाब यथासक्य छिटो नेपाल सरकार र सैवैधानिक समितिसमक्ष पठाउने कुरा उल्लेख गरिएको छ।



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft