नेपाली जनप्रगतिशील मंच, वेल्जियमको आठौं वार्षिक भेला सम्पन्न
नेपाली जनप्रगतिशील मंच, वेल्जियमको आठौं वार्षिक भेला सम्पन्न
२२ मार्च २००९ का दिन नेपाली जनप्रगतिशील मंच, वेल्जियमको आर्ठौ वार्षिक भेला बेल्जियमको आन्तवयरपेन शहरमा “नयाँ नेपालको संबिधान निर्माण अभियानमा सहभागी बनौं, नेपाली जनताको संघिय लोकतान्त्रिक राष्ट्रिय गणतान्त्रिक नेपालको निर्माणमा प्रतिवद्धता जाहेर गरौ ” भन्ने नाराको मुल मर्मलाई पक्रदै ठूलो संख्यामा नेपालीहरुको विचमा भव्य रुपमा सम्पन्न भएको छ ।
सो कार्यक्रमको उद्घाटन मैनवत्ती बालेर नेपालबाट वेल्जियममा प्रमुख अतिथिको रुपमा आउनु भएका एकिकृत नेकपा माओवादीका केन्द्रिय सचिवालय सदस्य क. नेत्र विक्रम चन्द (क. विप्लव )ले गर्नुभएको थियो। उक्त कार्यक्रममा बेल्जियम तथा यूरोप भरि गरि करिब ४ दर्जन भन्दा बढी नेपाली तथा विदेशी संघ संगठनहरुलाई आमण्त्रण गरिएको थियो भने बेल्जियम तथा यूरोप स्तरिय गरि करिब २ दर्जन भन्दा वढि संघ संगठनका नेतृत्व तथा प्रतिनिधिहरुको उपश्थिति रहेको थियो र एकिकृत नेकपा माओवादीका सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख चन्द्र प्रकाश गजुरेल(क. गौरब)ले पठाउनु भएको भेलाको शुभकामना पत्र सहित अन्य करिव १ दर्जन संघ सगठनहरुको तर्फबाट प्राप्त शुभकामना पत्र पढेर सुनाइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एकिकृत नेकपा माओवादीका केन्द्रिय सचिवालय सदस्य क. नेत्र विक्रम चन्दले एकिकृत नेकपा माओवादी नेपालको लागि मात्र नभै विश्वका लागि पनि नयाँ सभ्यता र विचारको खोजीमा अगाडि बढिरहेको बताउँदै जसको विचार वैज्ञानिक र बस्तुबादी रहन्छ त्यहि विचारले नै नेपाली जनताको लागि मुक्ति दिन सक्दछ भन्नुभयो । अहिले नेपालमा एकिकृत नेकपा माओवादीको कांधमा संविधान लेखन, सेना समायोजन, आर्थिक रुपान्तर र राज्यको पुनर्संरचना जस्ता मुल मुद्धामा केन्द्रित छ तर यथास्थितिवादी राजनैतिक शक्तिहरु र अन्तर्राष्ट्रिय शक्तिहरुको इशारा र चलखेल कारणले माओबादीलाई घेरावन्दी गरियो भने वाध्यात्मक अबश्थामा परिवर्तनकामी नेपाली जनताको अर्को शसक्त नयाँ जस्तो सुकै संघर्ष हुन सक्ने दावी गर्दै नेपाली जनतालाई निराशा तर्फ धकेल्ने प्रयत्न गरेकाले त्यसमा स्वदेश तथा विदेशमा रहनु भएका नेपालीहरुले नयाँ नेपालको हरेक क्षेत्रमा सहयोग र समर्थन गर्न आव्हान गर्नु भयो ।
सोही अवसरमा नेपाली एकता मंच, बेल्जियमका अध्यक्ष जित बहादुर लामाले आफ्नो मन्तव्यका क्रममा प्रवाशमा रहेको नेपाली एकता मंच विचार र नितिगत कुराह रु सबै नेपाली जनप्रगतिशील मंचसंग एउटै भएकोले आजका मितिबाट नै विघटन गरि नेपाली जनप्रगति शील मंच, बेल्जियममा समाहित भै एकिकरण भएको घोषणा गर्नु भएको थियो भने डव्लु पि आर ब्रिटेनका प्रतिनिधिले एकिकृत नेकपा माओबादीको हरेक गतिविधिमा सहयोग रहने र मंचको भेलाको सफलताको कामना गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली जनप्रगतिशील मंच, बेल्जियमका अध्यक्ष विष्णु भुजेल, संयुक्त नेपाली मोर्चा, युरोपका अध्यक्ष नविन सापकोटा, नेपाली जनजाति सरोकार मंच, युरोपका अध्यक्ष रामबहादुर गुरुङ, नेपाली संविधान सुझाब समिति, युरोपका संयोजक सुरेन्द्र भुसाल, नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, बेल्जियमका अध्यक्ष कृष्ण तिवारी, नेपाली जनजाति सरोकार मंच, बेल्जियमका अध्यक्ष गम बहादुर गुरुङ, नेपाली प्रगतिशील महिला मंच, बेल्जियमकी अध्यक्ष कल्पना मगर, मगरात मुक्तिमोर्चा , युरोपका विरमान घर्तिमगर, नेपाली थारु समाज युरोपका संयोजक सोम नारायण थनेत, नेपाली जन सम्पर्क समितिका अध्यक्ष गंगाधर गौतम, एन डि एफ का अध्यक्ष तुलसी नाथ सुवेदी लगायतका बक्ताहरुले जनप्रगतिशील मंच, बेल्जियमको विगतका गतिविधि र भुमिकाको बारेमा, नेपालमा बन्न गैरहेको संविधानमा प्रवाशी नेपाली र समस्त नेपाली जनताको पक्षमा बन्नु पर्ने, राष्ट्रिय राजनितिको बारेमा प्रबाशबाट सबैले सहयोग गर्नु पर्ने, नेपालको संघिय लोकतान्त्रिक गणतन्त्र राज्य घोषणा गर्नमा एकिकृत नेकपा माओबादीकै जगमा १९ दिने जनआन्दोलन सम्पन्न भएको थियो र नेपालका तत्कालिन ७ राजनैतिक पार्टीहरुलाई गणतन्त्रको पक्षमा ल्याउने काम माओवादीको पहलबाट भएको, नेपाली जनताको लागि जन संविधान बन्नु पर्ने, जाति, भाषा, धर्म र लिंगका आधारमा कुनै जाति र वर्गको सिमाङकन नहोस , प्रवाशी नेपालीहरुले नेपालको लागि खेल्नुपर्ने भुमिका लगायतका समसामयिक विषयहरुको बैचारिक एवं शुभकामना मन्तव्य राख्नुभएको थियो भने सोही कार्यक्रममा एन आर एन आई सी सी बेल्जियमका सदस्य रविन्द्रमान श्रेष्ठ, नेपाली समुदाय संघर्ष समितिका संयोजक तथा एन आर एन बेल्जियमका उपाध्यक्ष लिला धर पन्त, म्याग्दी समाजका अध्यक्ष शिव बरुवाल, तमु समाज बेल्जियमका महा सचिब होम गुरङ , विश्व मगर महासंघ बेल्जियमका अध्यक्ष मार्के मगर ,नेपाली राजदुताबास बेल्जियमकी प्रतिनिधि प्रथमा उप्रेति, इन्द्रधनुष स्पोट्र्स क्लबका अध्यक्ष मीन बहादुर गुरुङ, चितवन सहायताकोष बेल्जियमका महासचिब टिका पौडेल, नेपाली व्यापारी व्यावसायी संघ, बेल्जियमका अध्यक्ष अर्जुन श्रेष्ठ, एन आर एन बेल्जियमकी प्रतिनिधि अनुजा प्रधान, पासापुच बेल्जियमकी अध्यक्ष रजनी श्रेष्ठ लगायतका महानुभाबहरुले मंचको भेलाको बारेमा शुभकामना मन्तव्य राख्नुभएको थियो ।
उक्त भेलाको खुला शत्रमा नेपाली जनप्रगतिशील मञ्चको सांस्कृतिक टोली जिवन श्रेष्ठ, रमेश कार्की, कुलबहादुर मगर, निशा आले, कल्पना मगर, इन्द्र न्यौपाने, सोनिया थनेत, गंगा शर्मा, जमुना शर्मा, मिलन गुरुङ,मेरिना र बालकलाकारमा चांदनी भुजेल, सुरुची सुवेदी, सन्ध्या सुवेदी, लेना वजगांई, अप्सरा रिमाल,तारा रिमाल, अनुष्का आचार्यबाट जनताको भावनासंग गांसिएका प्रगतिशील गित तथा बालकलाकारहरुबाट रोचक नृत्यहरु प्रदर्शनी गरिएका थिए । उक्त आठौं ऐतिहासिक वार्षिक भेला कार्यक्रमको उपश्थित महानुभाबहरुलाई स्वागत मन्तव्य मंचका उपाध्यक्ष चित्र सुवेदीले गर्नुभएको थियो भने अतिथिहरुलाई मंचका सदस्यहरु तथा स्वयम सेवकहरु मित्रहरुबाट व्याच तथा खानपिनको समेत वितरण गरिएको थियो ।
उक्त खुला शत्र कार्यक्रमको अध्यक्षता मंचका अध्यक्ष विष्णु भुजेलले गर्नुभएको थियो भने कार्यक्रम संचालन महासचिव दधि राज घिमिरेले गर्नुभएको थियो ।
