Google
 

April 1, 2009

एनआरएन वेल्जियम र यसको हविगत

Filed under: Article/लेख

एनआरएन वेल्जियम र यसको हविगत

कृष्ण तिवारी
मार्च, २८ बेल्जियम
गैर आवसिय नेपालीहरुको संगठन एनआरएन को स्थापना पछि र यसका गतिविधी सुरु भएपछि प्रवाशमा रहेर यो पङतीकारले पनि यस्लाइ नजिकवाट अध्ययन गर्दै आइरहेको छ । नेपालको तत्कालिन राजनैतिक,समाजिक, आर्थिक परिवेशमा नेपालीहरुका समस्या समाधानको कुनै राजनीतिक निकासको टुंगोमा नपुगिरहेको अवस्थामा गुजि्ररहेको थियो । त्यसवेला गैर आवासिय नेपालीहरुले देशको आर्थिक र सामाजिक पक्षमा केही योगदान गर्ने कुरा आवश्यक हुदाहुदै पनि राजनैतिक पक्ष महत्वपुर्ण रहेको थियो । कुनै पनि देशमा आर्थिक विकासको लागि राजनीतिक स्थिरता र स्थायी शान्तिको आवश्यकताको साथै त्यो देशको सरकारको देश सुहाउंदो आर्थिक योजना र त्यसलाइ लागु गर्ने अठोटको आवश्यकता रहेको हुन्छ । नेपालमा दशवर्षे जनयुद्ध र शान्तिपुर्ण १९ दिने जनसंघर्षको समायोजनको फलस्वरुप सम्पन्न दोस्रो जनआन्दोलनले नेपालमा संघिय लोकतान्त्रिक गणतान्त्रिक राज्यव्यवस्था स्थापना गरेर नेपाली जनताको सम्पूर्ण समस्याहरुलाइ सम्वोधन गर्ने संविधानको निर्माण गर्ने दिशा तर्फ अहिले देश अघि वढिरहेको छ । संविधान सभाको निर्वाचन पछि सामन्तवादी राजतन्त्रको अन्त र संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भए तापनि सामन्तवादी संरचना र अवशेषहरु भने अझै कायमै छन । यो नयां परिवेशमा लोकतान्त्रिक पद्धतिवाट आएको सरकारी निति तथा कार्यक्रम अनुरुप देशभित्र तथा देश वाहिर रहेका नेपालीहरु सवैको रचनात्मक सहभागिता र सकि्रयताले मात्र नयां नेपालको निर्माण सम्भव हुन सक्दछ ।
त्यसकारण वर्तमान अवस्थामा देश भित्र मात्र नभइ विदेशमा रहेका गैर आवसिय नेपालीहरुले पनि राष्ट्रिय पूंजिको विकासको लागि समावेशी ढंगले सहभागी भइ वर्तमान नेपाल सरकार संग समन्वय गर्दै गैर आवसिय नेपालीहरुले आर्जन गरेको पूंजिलाइ वर्तमान सरकारले लिएको आर्थिक निती पव्लीक,प्राइभेट पार्टनरसिपको अवधारणा भित्र रहेर हाम्रो देश सुहाउंदो आर्थिक विकासको योजनामा आम जनताको सहभागितालाइ प्रोत्साहित गर्दै साना,मझौला तथा ठुला र तत्कालिन तथा दिर्घकालिन आर्थिक विकासका योजनाहरुमा आम जनताको लगानीको सुरक्षा तथा ग्यारेन्टी सम्वन्धि निती नियम वनाएर योजनावद्ध ढंगले क्रमस सहभागी गराउंदै लैजानु पर्ने सबै सचेत प्रवासी नेपालीको दायित्व र जिम्मेवारी रहेको हुन्छ र यसका लागि सबै पक्षले एन आर एन लाई प्रभावकारी ढंगले संस्थागत रुपमा लान जरुरी छ र यही विशिष्टतामा रहेर विविध कारणले विदेशिएका नेपाली समुदायमा नेपालको सुन्दर भविष्यका लागि देशको अगाध माया प्रतिको लगामलाई स्थायी रुपमा निमार्ण गने उद्धेश्यमा रहि विदेशमा रहेका नेपालीहरुका विचमै संगठित हुने प्रकृयाको थालनी हुंदा यो गैह्र आवासीय नेपाली संघको जन्म हुन पुग्यो । अहिले एन आर एन ले आˆनो पांच वर्षको कार्यकालको समय पुग्दा नपुग्दै विश्वका करिव ४५ भन्दा बढी देशमा आफ्नो उपस्थितिको निर्माण गरिसकेको छ । तर कतिपय देशहरुमा रहेका एन आर एन को विगत र बर्तमान कि्रयाकलाप र भुमिकाले सिंगो एन आर एन संस्थालाई नै बदनाम गराएका छन । एन आर एन लाई कसैबाट प्राप्त विर्ता,दान दातव्यबाट र पैतृक सम्पति पकेटमा राख्ने निजी स्वार्थ पुरा गर्ने साधन, श्रोत र राजनिति गर्ने अखडाको रुपमा लिन खोजिरहेको कुरा यसको ऐतिहांसिक पृष्ठभुमिले उजागर गराई रहेको छन र त्यस किसिमको इतिहासको गलत रवैयाको धङधनि अहिलेको नयाँ परिवेश र नयाँ मोडमा गर्न खोज्नु स्वयं मुर्खता र भुलको सिकार बन्नु भन्दा अरु केहि नहोला । अहिलको नयाँ विशिष्टतामा यस्ता घटिया स्वार्थ शिद्धगर्न चाहने अमुक शक्तिहरुले निरन्तरता गर्न खोजेमा र गरेमा इतिहास र वर्तमानले मुक्ति तथा क्षमा दिने छैन ।
यसै सन्दर्भमा युरोपको राजधानी मानिने बेल्जियममा पनि सन २००६मा गैर आवासिय संघ,वेल्जियम स्थापित भइ आˆनो एक कार्यकाल पुरा गरिसकेको छ । बेल्जियममा गैर आबासिय संगठनको विगत पृष्ठभूमि बुझ्ने हो भने यसको स्थापना कालदेखिनै पङतीकारले जाने बुझे अनुसार गलत मनसायबाट अभिप्रेरित भै अगाडि बढेका कारण र सोही अनुरुपका गतिविधि गरिआएको कारण नत विवाद रहित रहन सक्यो नत नेपाली जनमानसमा प्रभावकारी बन्न पुग्यो । योसंस्था संथागत रुपमा नभै केहि व्यक्तिको एकतर्फी निजी जस्तो संस्थाको रुप धारण गर्दै आएको कारणले पनि बेल्जियममा रहेका नेपालीहरुमा विचमा यसको प्रभाब नकरात्मक रह्यो । करिब करिब विघटनको संघारमा पुगेको संघलाई निकै सुझबुझका साथ दुर्घटनाबाट बचाएर ल्याइएता पनि निरन्तर षडयण्त्रका तानाबुना र चलखेल चलिरहेका छन् । यस अबश्थामा रहेको एन आर एन बेल्जियम लाई संस्थागत रुपमा विकास गर्न र गतिशील पार्न १२ अक्टोवर २००८ का दिन सम्पन्न प्रजातान्त्रिक पद्धति अनुरुप सम्पन्न निर्वाचनमा यथास्थितिवादी सोच र परिवर्तनकारी नयां सोच र विचार भएका शक्तिहरुको विचमा निर्वाचनको माध्यमबाट २१ सदस्यिय नयां मिश्रति कार्यसमिति बन्न पुग्यो । निर्वाचनबाट निर्वाचित भएको वर्तमान कार्यसमितिको नेतृत्व र यस संग सरोकार रहेका पदाधिकारीका विचमा साना साना झिना मसिना विषय र प्रस्ताव सल्लाहकार समिति,संरक्षक को राख्ने,को बनाउने जस्ता विषय र एजेण्डामा अल्मलिने र विच बाटोमा नै हराएको छ । बेल्जियमबासी नेपालीहरुको गौरवमय अभिमतको म्याण्डेटलाई आत्मसाथ गरि अगाडि बढ्ने प्रतिवद्धता र विश्वासमा अडिक नभै संस्थाको उद्धेश्य र लक्ष्य प्राप्ती कसरी गर्ने,के हुने र रहने भन्ने तिर नलागिे आगामी दिनको भावि कार्यक्रम के हुने त्यस तर्फ चासो दिएको देखिदैन बरु अमुक राजनैतिक पार्टी तथा शक्तिको इशारा र निर्देशनमा आफ्नो व्यक्तित्व र अस्तित्वमा प्रश्नवाचक चिन्ह लाग्ने गरि अगाडि बढि रहेको गतिविधि, कार्य र कदमले बेल्जियमको मात्र नभै सिंगो एन आर एन केन्द्रको पनि साख गिराएको छ । वेल्जियमबासी प्रगतिशील नेपालीहरुद्धारा संजिवनीदान पाएको एन आर एन र सो को नेतृत्व र सरोकारवाला समिति ६ महिना नपुग्दै फेरि धरापमा परि कुनै दिन संघको अस्थित्वमा नै प्रश्नवाचक लाग्न सक्ने स्थितिमा उन्मुख छ र जुन कुरा बेल्जियमबासी गैर आबासिय नेपालीहरुका लागि दुर्भाग्यको दिन हुने छ ।
गैर आबासिय नेपाली बेल्जियमका करिव उपस्थित कुल सदस्य संख्याको ८६ प्रतिशत सदस्य संख्याले नव निर्वाचित कार्य समितिको चयन गर्ने दिन देखि बन्द शत्र सम्ममा भएका घटिया जंकी र हातपात गर्ने दुत्साहस समेतको तैयारीको गतिविधि,क्रियाकलाप तथा एकतर्फी रुपमा तैयारी रुपमा ल्याइएका प्रस्ताव तथा विषयहरु उपरमा गरिएको घटनाक्रमले पनि शान्तिपूर्ण र प्रजातान्त्रिक पद्धतिको बाटो नभै दादागिरी पद्धतिले जसरी पनि आफ्नो पोल्टामा र अनुकुलतामा ल्याउन खोजिएको पुष्टि गर्दथ्यो । त्यसबेला वातावरण असहजता र असमान्य परिस्थितिमा पुगेको थियो ।त्यसबेलाको विषम परिस्थितिको निकासको विकल्पमा गरिएका भनिएका गम्भिर त्रुटिपूर्ण निर्णयले एन आर एन बेल्जियमका साधारण सदस्यहरुको मौलिक हकमा बन्देज लगाएको छ । जुन कार्य सिंगो एन आर एन संस्थाको भावना ,निति र विधान विपरितका गम्भिर त्रुटिपूर्ण कार्य भएका छन । गैर आवासिय संगठनको मुल्य मान्यता,सिद्धान्त ,निति र विधान अनुसार एन आर एन का जो कोहि साधारण सदस्य पनि आफु रहेको देशको आइ सी सी सदस्यमा भाग लिन पाउने अधिकार रहन्छ । जुन विषय बेल्जियमको एन आर एन मा पनि तड्कारो गम्भिर र मुख्य चर्चाको विषय यहि बनेको छ । बेल्जियममा मेडिया तथा छापाहरुमा आएका समाचार र कुत्सित मनसायबाट प्रेरित केहि व्यक्तिहरुको हवला दिएर यो पनि भनिएका छन कि साधारण सभाले गरेको निर्णय विधान सरह हुन्छ र यसमा विधानले केहि असर पार्न सक्दैन भनि कुतर्कहरु अगाडि आएका पनि छन् । यदि त्यसो हो भने भोलिका दिनमा एन आर एन प्रभाबमा पारेर बास्तविक कालो रङ्गलाई सेतो रङ्ग हो भनेर सच्चाईमा चक्मा दिएर संघ अगाडि बढाउन चाहनु भएको हो कि ? कि यो पनि गर्न मिल्ने ? म यो प्रश्न उपरमा प्रतिपश्न गर्न चाहान्छु ।अर्को रोचक विषय यो पनि छ कि बेल्जियमको तत्कालिन विघटित कार्यसमितिको हवलाबाट प्रकाशित समाचार अनुसार एन आर एन आइ सी सी सदस्यको पदावधि बांकी रहदा रहदै आइ सी सी सदस्यता खारेज गरिएको भन्ने जस्ता हांस्यास्पद र लज्जास्पद गतिविधिले पनि विगतमा बेल्जियममा एन आर एन को हविगतलाई छर्लङ्ग पारेको छ ।
अहिलेको एन आर एन को कार्यप्रगतिमा कार्यसमितिको पटक पटक बैठक बसी कुनै ठोस निष्र्कषमा पुग्न नसक्नु, ८०० भन्दा बढि मतदाताले चुनेका र भएका सदस्यहरुलाई अर्पूण भन्दै कसैको इशारा र निर्देशनमा मनोमानी ढंगले ४ सदस्य मनोनित गरेर ल्याएपछि मात्रै कार्यसमितिको बैद्यता लिन खोज्नु,सार्वजनिक ठांउमा व्यक्तिगत सहयोगका लिष्ट प्रस्तुत गर्दै व्यक्तिवादको हावी दिंदै सिंगो संघको गरिमालाई कुल्चेर हिड्नु नेतृत्वमा प्रश्नवाचक हो ? यो गम्भीर भुल हो र यस्तो भुल रहि रहेमा एन आर एन बेल्जियम कुनै दिन पुनः विघटनको संघारमा पुग्ने कुरामा बेल्जियमका नेपालीहरु चिन्तित बनेका छन । नेपालको नयाँ बन्न लागेको संविधान निर्माणका लागि एन आर एन का विभिन्न देशका अध्यक्षहरु सदस्य रहेको संविधान सुझाव समिति बनेको सन्दर्भमा राय संकलनका लागि ९ मार्च २००९ का दिन आव्हान नागरिक सुझाव समितिको कार्यक्रममा ४ जनाको मात्र सहभागिताको रिपोर्टले पनि जनमानसमा वर्तमान एन आर एन नेतृत्वको असक्षमता हो भन्ने कुराको पुष्टि गरेको छ ।
यसर्थ गैर आवासिय संगठनको मुल्य मान्यता,सिद्धान्त ,निति र विधान विरुद्ध नलागि यस अन्तरगत रहि नागरिकको मौलिक हक अन्तरगतको हरेक क्षेत्रमा भाग लिन पाउने नैसर्गिक अधिकारबाट बन्चित हुने खालका यस्ता गम्भिर गल्तिका निर्णय सच्चाउन र विधानत कार्य गर्न समग्र गैर आवासिय नेपालीहरु, विश्वभरिका एन आर एन को गम्भिर ध्यान आकृष्ट होस ।
यि माथि उल्लेखित घटनाक्रमले एन आर एन बेल्जियमका समस्त सदस्यहरुलाई चिन्तित बनाएको छ भने अर्को तर्फ यसका लागि जनमानसले नयां बाटो र विकल्पको खोजी के ? भन्ने सवालहरु च्ार्चामा आइरहेका छन । यस सन्दर्भमा म पनि एन आर एन बेल्जियमको साधारण सदस्य भएका नाताले हाम्रो संघ धमिराले खाएको काठ नवनोस नयाँ नेपालको विकास गर्न आफ्ना भावी कार्यक्रम अगाडि सारेर त्रुटिपूर्ण निर्णयहरुमा पुर्नविचार गरि तत्काल सच्चाएर संस्थागत संस्थाको रुपमा लगी अमुक राजनैतिक पार्टी र शक्तिको इशारा र निर्देशनमा आफ्नो अस्तित्वमा प्रश्नवाचक चिन्ह लाग्ने गरि अगाडि नबढ्न र एन आर एन बेल्जियमको साख उचो पार्न ध्यान, दृष्टि पुगोस अनि शसक्त जुझारु एन आर एन बनोस भन्ने कामना सहित गहन जिम्मेवारी बहनहोस ।
अस्तु………………………….

साधारण सदस्य
गैर आवासिय नेपाली संघ,बेल्जियम

Comments »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2009/04/01/p448/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft