एउटा आपराधिक गिरोहलाई राजनीतिक शक्तिको मान्यता दिइंदैछ
पम्फा भुसाल, केन्द्रीय सदस्य, नेकपा -माओवादी)
० संविधानसभा निर्वाचनको मुखैमा आएर २२ बुंदे माग अघि सारेर आन्दोलनका कार्यक्रम किन र्सार्वजनिक गर्नुभएको -
- सात राजनीतिक दल र नेकपा माओवादीबीच भएका विभिन्न सम्झौता, सहमतिबमोजिम सरकार चल्नुपर्ने हो, त्यसो हुन सकेन । तत्कालीन सहमतिबमोजिम जेठ मसान्तभित्र संविधानसभा निर्वाचन सम्पन्न गर्न हामी सरकारमा गएका थियौं । तर विविध प्राविधिक कारण देखाएर निर्वाचनलाई पर धकेल्ने प्रयास सरकारद्वारा निर्वाचन आयोगमार्फ भयो । त्यो सार्नुको कुनै कारण छैन । त्यसकारण विनाकारण निर्वाचनको भविष्य अनिश्चित गर्दै जाने हो भने आन्दोलनको विकल्प छैन । संविधानसभा निर्वाचनमार्फ जनतालाई र्सार्वभौमसत्ता सम्पन्न बनाउने, मुलुक गणतन्त्रात्मक बनाउने लक्ष्यमा अगाडि बढेको बेला मंसिरमा पनि निर्वाचन हुने ग्यारेन्टी नभएपछि २२ बुंदे पर्ूवाधार तय गरेका हौं । जुन संविधानसभा निर्वाचनका लागि अत्यन्तै आवश्यक छन् ।
० यो पर्ूवाधारले कसरी सुनिश्चित गर्छ त संविधानसभा निर्वाचनलाई -
- हामीले २२ बुंदे पर्ूवाधारमा जे-जे उल्लेख गरेको भए पनि संविधानसभा निर्वाचनविरुद्ध थुप्रै शक्तिहरु लागिपरेका छन् । रायमाझी आयागले दोषी ठहर्याएकालाई कारबाही नगरेसम्म, सदनबाट गणतन्त्र घोषणा नहुंदासम्म र समानुपातिक निर्वाचन प्रणाली तय नगरिंदासम्म निर्वाचन बिथोल्ने शक्ति दिनप्रतिदिन मजबुत बन्दै जाने निश्चित छ । देशी-विदेशी प्रतिक्रियावादी शक्तिकेन्द्रले विभिन्न नामधारण गरेर तर्राईमा मच्चाइएको हिंसा होस् वा राजनीतिक प्रोपोगण्डा, हरेक कोणबाट निर्वाचन बिथोल्ने प्रयास भइरहेका छन् । त्यसका लागि हामीले सदनबाटै गणतन्त्र घोषणा गर्नुपर्दछ भनेका छौं ।
० संविधानसभा निर्वाचनको सुनिश्चितताका लागि भनेर ल्याइएका २२ बुंदे पर्ूवाधार सरकारमा बसेर तयार गर्न सकिन्नथियो र सरकार छाड्छौं भन्नुभएको -
- हामी जेठ मसान्तभित्र संविधानसभा निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित अन्तरिम सरकारमा गएका हौं । १० वर्षो जनयुद्धको जगमा भएको २०६२-०६३ को जनआन्दोलनको म्यान्डेट पनि तुरुन्तै संविधानसभा निर्वाचन सम्पन्न गरी गणतन्त्र स्थापना गर्ने थियो । तर सरकारको नेतृत्व गर्ने कांग्रेसभित्र भएको राजमोह र साम्राज्यवादीका षड्यन्त्रका कारण निर्वाचन सार्ने काम भयो । त्यतिबेला नै हामीले ‘नोट अफ डिसेन्ट’ लेखिसकेका थियौं । मंसिरमा निर्वाचन हुन्छ भनेपछि हामी सरकारमा रहिरहेका छौं । हामी सरकारमा बसेर गरेको लडाइंले सरकारमा बसेर भन्दा सडकबाट नै दबाब र आधार तयार गरिनुपर्ने रहेछ भन्ने लागेको छ । हाम्रो एक्लो प्रयासले मात्रै संविधानसभा निर्वाचन नहुने रहेछ भन्ने लागेपछि हामी सरकारमा बसिरहनुको अर्थ रहन्न । हजारौंको बलिदानीबाट संविधानसभा र गणतन्त्रको नारा स्थापित गर्यौं । हामी बसेरै सरकार संविधानसभा र गणतन्त्रका लागि तयार हुंदैन भने हामी सरकारमा किन बस्ने - त्यसकारण सरकारमा बसेर निर्वाचन सम्पन्न हुनसक्ने सम्भावना नदेखेपछि सरकार छाड्ने भनेका हौं । (more…)
मुलुकको सङ्क्रमणकालीन अवस्थाको अन्त्य र जनआन्दोलनका उपलब्धि संस्थागत गर्न संविधानसभाको निर्वाचन मङ्सिरमा सम्पन्न गर्नु जरुरी छ, त्यस अनुरूप निर्वाचन आयोगले तयारी पनि गरिरहेको छ तर तपाईंहरूले चुनाव नजिकिइरहेको बेला सडक सङ्र्घष्ाको घोषणा गर्नुभयो, के माओवादीले मङ्सिरमा चुनाव नचाहेको हो -
Janadesh: Lenin wrote his ‘April Thesis’ while traveling clandestinely by train from Moscow to Switzerland. Did you also draw up a new outline for the revolution during your plane trip to Switzerland?
Question: Now that the interim Government has given itself the power to abolish the monarchy, if the King interferes in politics, don’t you think you should withdraw your demand for the immediate abolition of the monarchy?
BNS: Why did you feel the need to establish Communist Party in Bhutan?Vikalp: Where there is suppression, there is revolt. Where there is revolt, it explodes the empire of suppression into pieces and creates the exploitation free society. But to initiate the revolt, a revolutionary party is necessary. Again, to establish a revolutionary party, a revolutionary ideology is necessary. Marxism-Leninism- Maoism is only that ideology in this 21st century. For this very reason, we thought of establishing Communist Party in Bhutan. Not only that, the old parties and organizations have reduced themselves into “Manpower Companies” and were engaged in sending their cadres to the foreign lands. They were involved in such works for their selfish dream. This also polarized the cadres into two groups, viz. pro-Bhutan and pro-US. We didn’t see the authenticity of revolution without establishing communist party, which is a common institution of freedom loving people in Bhutan and revolutionary exiled Bhutanese, representing the 95 percent down trodden people. Hence, we decided it correct, to establish the Communist Party in Bhutan Marxists-Leninists- Maoists.
तपाईंहरूको विचारमा ‘हतियार व्यवस्थापन’ कसरी गरिनुपर्छ? 