Google
 

April 8, 2009

कबिता - “जिन्दगी” –

निष्ठा तिवारी, ब्रसेल्स, बेल्जियम

मानिसले जन्म लिन्छ सुख र दुःख बोकेर
सुख र दुःखमा हुर्किन्छ जीवन चुलबुल गरेर
उसले खुसी र पिडा पाउंछ आफन्त र परिवारले दिएर
तर कहिले कांही भनेे पाउंछ आफुखुसीमा हिंडेर।

मानिसले सोच्छ –धनले नै सुखी भईन्छ
जोसग सम्पति छैन उसैलाई दुखी ठानिन्छ
तर वास्तवमा यसमा सत्यता हुदैन
सम्पति त खाली हातको मैला मात्रै हो।

जिन्दगीको क्षणमा हुन्छन् उकाली ओराली
कहिले स्वदेश कहिले विदेश हिड्छन् सुखका लागी
तर जता रहे पनि गरिबलाई कामकै भारी छ
धनीले भने सुखको घुर्की दिन मात्रै जानेको छ।

सुखको स्वास ऒ्ढेर्नका लागी गरिबी लुकाउन
हिड्दछन् मानिस देश नै छाडी कामको खोजीमा
तिर्नु छ विदेश आउंदाको ऋण उहि डल्ले साहुलाई
तर विदेशमा त सोचे भन्दा फरक रैछ आंफैलाई।

कामको खोजीमा निस्कदा विदेशका गल्लि गल्लिमा
असहजताको भुंमरीले गर्दा हुन्छ जेलनेल र खरिद बिक्री
स्वदेशबाट सोच्नेले– भन्छन् विदेशमा पैसा फल्ने रुख छ
तर वास्तविकतालाई हेर्यौे भने यहां केवल पसिना मात्र बग्छ।

आफुसग सुख छ भन्दैमा मातिएर हिड्नु हुदैन
दुःख भयो भन्दैमा अतालिएर चिन्तित रहनु हुदैन
सुख र दुःख त खाली जीवन बिसाउने चिज मात्रै हो
यी दुई चिजबाट सन्तुष्टी लिनु जिन्दगीको खेल हो।

धन्यवाद

कबिता - “गरिबी” –

निष्ठा तिवारी, ब्रसेल्स, बेल्जियम

गरिबको समुहमा एक पटक छिरि मात्र हेर
गरिबी संग जीवन विताएर मात्रै अनुभब गर
नियालेर सोच हरेक पाईला पाईलाहरुलाई
पाइन्छ त्यहां केबल दुःख र पिडाका रुपहरुलाई।

सडकको पेटीमा खाली पेट बसी आसु बगाउ
सकि नसकि भारी बोकी खुट्टा, घुंडा खुईल्याउ
तर तिमीले त्यो आफ्नो परिश्रमको कमाई त
केवल गास ,बास र कपासमा अधुरै रहन्छ ,
उत्साह गरेर दिन रात भोक भोकै बस्न सिक
अनि आकाश जस्तो छानाको घरमा जिउन पनि सिक।

धनि ठूला बडाको काममा दिन रात रटेर गरेको हेर
तिम्रो इमानदारीतामा शोषणले जरा गाडेको छ हेर
अब सधैं टाउको निहुर्याघएर जी हजुर मात्र नगर
सुख र सन्तोषको आभास के हो बुझ्न तिर लाग।

पाउनुपर्ने अधिकार के हो त्यसलाई पनि हेर
आफ्नो सच्चा जिन्दगीको रुपलाई बुझ्न तिर लाग
दिन रातको मिहिनेतको अर्थ बुन मात्रै खोज
कुन संसारमा बांचेका छौं अब सोच्न तिर लाग।

नदेउ दुःख र पिडा भोग्नेछन् भन ठानेर अब
नभन हाम्रो बिचमा रगतको रगं अर्को हुन्छ भनेर
नगर भेदभाव धनी र गरिबलाई फरक ठानेर
किन हुन्छ यहाय्.त्र् मान्छे मान्छेको जिवनमा भेदभाब गरेर।

किन दिदैनौं समान अधिकार हामीलाई मानिस सम्झेर

अन्यायको विरुद्ध न्याय खोज्न एकजुट भै अगाडि बढेर
आफ्नो जिवनलाई संघर्षको रुपमा लिएर कम्मर कसी

ल्याउने छौं सुनौलो बिहानी गरिबीको मुक्तिको दिन भनेर।

धन्यवाद

लाल सलाम हाम्रो

लाल सलाम हाम्रो

पर्वत मेरो जिल्ला
प्रचन्ड सँग मेरो भेटभो,
बाबुराम सँग भेट्ने मौका कहिले मिल्ला
हुबास मेरो गाऊ
दर्पण मेरो नाउ
गौतम मेरो थर्
भुत्को लाग्दैन मलाई डर्
राज हो मेरो बिचको नाम
गर्नु छ सधैं मैले राम्रो काम
पढि गुनी ज्ञानी बनी ठुलो मान्छे हुनुछ
चन्द्रमा छुन नसके पनि नेपाली को मन छुनु छ ।

नया नेपाल नेता नयाँ बिचार पनि राम्रो
नयाँ बर्षमा शहिद्लाई लाल सलाम हाम्रो
लाल सलाम हाम्रो



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft